यी हुन् दशैमा सर्वाधिक बिक्री भएका ४ मोटरसाइकल, यस्तो छ मूल्य र विशेषता

काठमाडौं । नेपालमा दुइपाँग्रे सवारीसाधन अन्तर्गत मोटरसाइकलको बजार तिब्र गतिमा विस्तार भइरहेको छ । मोटरसाइकल किन्न र चढ्न चाहने मानिसको संख्या बढेसँगै रोजाई, इच्छा र ग्राहकको क्षमता अुनसारका मोटरसाइकल बजारमा आइरहेका छन् । 

आकर्षक बनोट, उच्च पर्फमेन्स र उत्कृष्ट मूल्यका मोटरसाइकल नेपाली बजारमा उपलब्ध रहेका छन् । त्यसमा पनि, नाडा अटो शोपछि छठ पर्वसम्मको अवधि सवारी बिक्री हुनेमध्य समय हो । यस अवधिमा अधिकांश  सवारी बिक्रेता कम्पनीले ग्राहकको मन तान्नेगरि आकर्षक अफर ल्याएका हुन्छन् भने, सवारी किन्न चाहेका उपभोक्तापनि यहि समयको पर्खाइमा बस्ने गर्छन । 

सोही कारण पनि यो समयमा दुइपाँग्रे सवारीसधानको व्यापार बढ्ने गर्छ  । यसैबीच, यस पटकको दशैंको समयमा सर्वाधिक रुचाइएका मोटरसाइकल यस्ता छन् ।

बजाज पल्सर १५०

यो दशैंमा सर्वाधिक बिक्री भएको मोडल मध्यको एक हो, पल्सर १५० । बजाजको सर्वाधिक बिक्री हुने पल्सर १५० (टुवीन डिस्कसमेत) मोटरसाइकलको मूल्य स्टायडर्ड मोडलको २ लाख ५३ हजार ९ सय रुपैयाँ रहेको छ भने टुवीन डिस्क मोलको मूल्य २ लाख ६४ हजार ९०० रुपैयाँ रहेको छ ।यो मोटरसाइकल कालो–निलो, कालो–रातो तथा ब्ल्याकक्रोम गरि तीन कmर अप्सनमा उपलब्ध रहेको छ । यसमा १७ इञ्च अलोय ह्वील दिइएको छ ।

पल्सर १५० मा १४९.५ सीसी सिंगल सिलिन्डर डिटिएसआई इन्जिन दिइएको छ । यसमा लगाइएको ट्वीन स्पार्क मोटरले ८००० आरपीएममा १४ बीएच पावर र ६००० आरपीएममा १३.४ एनएम पिक टर्क उत्पादन गर्छ । ५ गियर बक्समा उपलब्ध यो मोटरसाइकलमा १५ लिटर पेट्रोल अट्ने ट्याङ्की दिइएको छ ।

कम्पनीले बेच्दै आएको  बजाज पल्सर १५० टिडिमा अगाडि र पछाडि दुबै चक्कामा डिस्क ब्रेक दिइएको छ । युवालाई आकर्षित गर्न मोटो ह्वील, चेसिस र सकर लगाइएको छ । यसमा स्प्लीट सिट, स्प्लीट ग्रावरेल, आल्मुनियम फिनिस फूटपेज राखिएको छ ।

यामाहा एफजेडएस एफआइ भी ३.०

यामाहाले सबैभन्दा बढी बिक्री गरेको मोडल हो एफजेडएस । यामाहाको सर्वाधिक बिक्री हुने यस मोटरसाइकलको मूल्य ३ लाख ९ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ । बाइकको इन्धन ट्यांकीको अघिल्लो भागमा ग्रिल जस्तै एयर भेन्ट दिइएको छ भने यो बाइक सिंगल सिट अप्सनमा पनि उपलब्ध रहेको छ ।

यसमा नयाँ अलोय ह्विल र रि–डिजाइन गरिएको फेन्डर्स छ । पछिल्लो भागमा नयाँ टेल लाइट र बडी वर्क छ । बाइकमा नयाँ एलसीडी इन्स्ट्रयुमेन्ट क्लस्टर र एलईडी हेडलाइट दिइएको छ । 

यसमा १४९ सीसी एयरकुल्ड टु भल्व सिंगल सिलिन्डर इन्जिन उपलब्ध छ । यसले १३.२ बीएचपी पावर र १२.८ एनएम टर्क जेनेरेट गर्छ । सुरक्षा फिचरलाई मजबुद बनाउन यो मोटरसाइकलमा सिंगल च्यानल एबीएसको विशेषता दिइएको छ ।  

टीभीएस आरटीआर १६० फोर भी

टीभीएसको निक्कै रुचाइएको आरटीआर १६०फोरभी दशैंको समयमा सबैभन्दा बढि बिक्री भएको मोडल हो । टीभीएस १६० फोर भीमा १५९.७ सीसी सिंगल सिलिण्डर, ४ स्ट्रोक, ४ भल्भ इन्जिन रहेको छ । यसले १६.५ पीएस पावर ८००० आरपीएममा र १४.८ एनएम टर्क ६५०० आरपीएममा जेनेरेट गर्छ । यसमा पावर राइडिङको लागि सुपर स्लिक मेटेड ५ स्पीड गियर बक्स रहेको छ । यसले प्रतिलिटर ३५ किलोमिटर माइलेज प्रदान गर्ने कम्पनीले जनाएको छ ।

यस  मोटरसाइकलमा रेसिंग डबल ब्यारल एक्जस्ट, रोटो पेटल डिस्क ब्रेक, फुल्ली डिजिटल स्पीडोमिटर, फोम इन प्लेस सिट, अग्रेशिप ट्यांक कावल, अग्रेशिप हेडल्याम्प, इन्जिन कावलको जस्ता विशेषता दिइएको छ । नेपाली बजारमा टीभीएस अपाची १६० फोर भीको मूल्य २ लाख ८८ हजार ९०० रुपैयाँ रहेको छ ।

होन्डा सीबी साइन

होन्डाको सर्वाधिक बिक्री हुने मोटरसाइक हो सीबी साइन । नेपाली बजारमा यसको मूल्य दुई लाख ५ हजार ९ सयदेखि २ लाख ३३ हजार ९ सय रुपैयाँसम्म पर्छ । यसको कुल तौल १ सय २१ केजी रहेको छ भने फियुल ट्यांकीको क्षमता १०.५ लिटरको रहेको छ । 

होन्डा साइनमा १२४.९ सिसीको इन्जिन छ । उक्त इन्जिनले १०.१६ बीएच पावर र १०.३ एनएमको टर्क प्रदान गर्छ । यसमा ५ स्पिड गियरबक्स उपलब्ध छ ।

त्यस्तैगरी ग्राउन्ड क्लियरेन्स १ सय ५७ एमएम रहेको साइन तीन भेरियन्टमा बजारमा उपलब्ध रहेको छ । सन् २००६ मा पहिलो पटक साइन नेपाली बजारमा आएको थियो ।


Back_to_top