हुन्डाई सेन्ट्रोको एक वर्ष पुरा, आयो एनिभर्सरी एडिशन, के छ खास

हुन्डाईले सेन्ट्रोको एनिभर्सरी एडिशन सार्वजनिक गरेको छ । कम्पनीले अल न्यू सेन्ट्रो बजारमा ल्याएको एक वर्षपछि यसको स्पोर्टेज भेरियन्ट सार्वजनिक गरेको हो । स्पोर्टेज र स्पोर्टेज एएमटी भेरियन्टमा उपलब्ध यस मोडलको मूल्य क्रमश ५ लाख १२ हजार र ५ लाख ७५ हजार भारु तोकेको छ ।

कम्पनीले यस मोडलमा रुफ रेल, ओआरभिएमएस, डोर ह्यान्डल, क्रोम ट्रिम दिएको छ । यसमा कम्पनीले ग्रान्ड आई १० नियोसको जस्तै कलर दिएको छ । यसमा १.१ लिटर फोर सिलिन्डर पेट्रोल इन्जिन लगाइएको छ  । यसले अधिकतम ६९ हर्ष पावरका साथै ९९ एनएम टर्क उत्पादन गर्छ । यसको इन्जिनमा पाँच स्पीड म्यानुअल र पाँच स्पीड एएमटी गियरबक्स दिएको छ । 

यसको एक्सटेरियरमा गनमेटल ग्रे कलरको ह्वील क्याब लगाइएको छ भने, ब्ल्याक पेन्टेड साइड आउटसाइड मिरर, ग्लोसी ब्ल्याक रुफ रेल, रियरमा एनभर्सरी एडिशनको एल्बम, रियर क्रोम गार्निशको विशेषता समेटिएको छ । डबल टोन कलर अप्सनमा उपलब्ध इन्टेरियरमा ब्ल्यु कलरको इन्सर्ट, रियर एसी भेन्टसँगै एक्सटेरियरमा ७ वटा  र इन्टेरियरमा दुई नयाँ फिचर थपिएका छन्  ।


Back_to_top