होन्डा सीबीआर ६५० भयो सोल्ड आउट, यस्ता छन् फिचर

होन्डाको सीबीआर ६५० आर २०१९ मोडल केही महिना अगाडि भारतमा सार्वजनिक भएको थियो । सार्वजनिक भएको ५ महिनामा उक्त मोटरसाइकल सोल्ड आउट भएको हो । 

अब अनलाइन बुकिङ गरेर बस्नेहरुले यो मिडवेट मोटरसाइकल नयाँ प्रदुषण मापदण्ड बीएस ६ को इन्जिन भएको किन्नु पर्नेछ । अहिले बिक्री भइरहेको मोटरसाइकल बीएस ४ मापदण्डको थियो ।

होन्डाले सीबीआर ६५० आर भारतीय बजारमा पूर्णरुपमा नबनाएर एसेम्बल गरेको मोटरसाइकल हो । एग्रेसिप डिजाइनमा निर्माण गरिएको यो मोटरसाइकललाई होन्डाले सन् २०१८ मा इआईसीएमए शोमा सार्वजनिक गरेको थियो । 

पूर्ण एलइडी लाईट, डिजिटल एलसीडी इन्ट्रुमेन्ट क्लस्टर, ४१ एमएम इन्भर्टेड फ्रन्ट फर्क र पछाडि एड्जस्टेवल मोनेसक यस मोटरसाइकलमा दिइएको छ । 

यो मोटरसाइकलमा ६४९ सीसी क्षमताको इनलाइन फोर सिलिन्डर, १६ भल्भ इन्जिनले १२००० आरपीएममा ९५ एचपी पावर र ८५०० आरपीएममा ६४ एनएम टर्क जेनेरेट गर्छ । यसमा स्लीपर क्लच सहित ६ स्पीड गिएरबक्स दिइएको छ ।

अगाडिको चक्कमा ४ पिष्टन क्यालिपरको साथ ३१० एमएमको डिउल हाइड्रोलिक डिस्क ब्रेक र पछाडिको चक्कामा सिंगल पिष्टन क्यालिपरको साथ २४० एमएमको डिस्क ब्रेक दिइएको छ । त्यसको साथै यो मोटरसाइकलमा होन्डाले सुरक्षाको लागि आफ्नो सेलेक्टेवल टर्क कन्ट्रोल (एचएसटीसी) र डिउल च्यानल एबीएस दिएको छ ।  


Back_to_top