काठमाडौं । सरकारले विगत ८ महिनादेखि लगाएको प्रतिबन्ध खुल्ला गर्ने निर्णय भएसँगै विभिन्न कम्पनीले नयाँ गाडी नेपाल ल्याउने प्रक्रिया सुरु गर्न थाल्ने यसअघि नै बताएका थिए । हिजो मंसिर २० गते वसेको मन्त्रीपरिषदको बैंठकले गाडी, मदिरा, मोवाइल र मोटरसाइकलमा लगाएको प्रतिबन्ध खुल्ला गर्ने निर्ण गरेसँगै नयाँ गाडी आयात थाल्ने बाटो खुल्ला भएको हो ।
नेपालको लागि महिन्द्रा एण्ड महिन्द्राको आधिकारीक विक्रेता अग्नी इनकर्पोरेट प्रालिले सन् २०१९ को अन्त्यदेखि भारतमा विक्री भइरहेको मेडल समेत नेपाल ल्याउन पाएको थिएन । कम्पनीले महिन्द्रा थार, एक्सयूभी ७००, बोलेरो नियो र स्कर्पियो एन, फेसलिफ्ट स्कर्पियो क्लासिक जस्ता मोडल नेपाल ल्याउन प्रक्रिया थाल्ने छ ।
महिन्द्राले उत्पादन गरेका डिजेल गाडी मात्रै विक्री हुँदै आएको नेपालमा पहिलो पटक थार, एक्सयूभी ७००, स्कर्पियो एन जस्ता मोडल पेट्रोल र डिजेल दुबै इन्जिनमा उपलब्ध हुनेछ । कम्पनीले महिन्द्रा थार तत्काल नेपाल ल्याउने छ वा छैन भन्ने एकिन भएको छैन । तर, अन्य ४ मोडल बजारमा ल्याएर एसयूभी सेग्मेन्टमा आफुलाई बलियो बनाउने रणनीतिमा अग्नी इनकर्पोरेट लाग्ने छ ।
१. महिन्द्रा स्कर्पियो एन
‘बिग ड्याडी अफ एसयूभी’ नारासहित नेपालमा पनि देखाइएको ‘नयाँ जेनेरेशन स्कर्पियो एन’ निकै स्पोर्टी डिजाइनमा तयार भएको छ । धेरै हदसम्म टोयोटा ल्याण्ड क्रुजर एलसी २०० बाट प्रभावित भएर तयार गरिएको स्कर्पियो एन आयात खुल्ला भएसँगै नेपाल आउने पक्का भएको मोडल हो ।

दुई कलरले सजिएको ड्यासबोर्ड, टप भेरियन्टमा दिइएको लेदर सिट, स्टेरिङ, डोर ह्याण्डल, एसी भेन्टर र सेन्टर कन्सोलमा दिइएको सिल्भर कलर क्रोमले यसको ड्यासबोर्ड निकै प्रिमियम देखिन्छ । साथै सिटको कलरसँग म्याच गराएर ड्यासबोडमा पनि लेदर फिनिसिङ दिइएको छ ।
इन्फोटेन्टमेन्ट सिस्टमको दायाँ र वाँया नै एसी भेन्ट दिइएको छ । कम्पनीले नयाँ स्कर्पियो एनमा फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर दिएको छ । यसमा सोनीको थ्रीडी साउन्ड सिस्टम पाउन सकिन्छ । निकै प्रतिक्षा गरिएको स्कर्पियो एन मोडल २.० लिटर पेट्रोल र २.२ लिटर डिजेल इन्जिनमा आउने छ ।
२. एक्सयूभी ७००
ग्लोवल एनक्यापको सेफर च्वइस अवार्ड २०२२ बिजेता एक्सयूभी ७०० दुई सिट अप्सनमा आउने छ । कम्पनीले यसलाई ५ र ७ सिट क्षमतामा भारतमा विक्री गर्दै आएकोले नेपालमा पनि दुबै अप्सन आउने अनुमान गर्न सकिन्छ ।
एक्सयूभी ७०० मा निकै पावर फुल २.२ लिटर टर्बो डिजेल र २.० लिटर टर्बो पेट्रोल इन्जिन दिइएको छ । यसमा रहेको टर्बो पेट्रोल इन्जिनले २०० पीएस र डिजेल इन्जिनले १८५ पीएस पावर प्रदान गर्नेछ । डिजेल इन्जिनको टर्क ४५० एनएम छ भने पेट्रोल इन्जिनको ३८० एनएम रहेको छ ।

सुरुवाती भेरियन्टमा ७ इन्चको इन्ट्रुमेन्ट क्लष्टर र ८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम पाउन सकिन्छ भने, टप स्पेकमा १०.२५ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम रहेको छ । यसमा एड्रोनएक्स कनेक्ट सिस्टममा ६० वटाभन्दा धेरै कनेक्ट फिचर उपलब्ध रहेका छन् । ६ वटासम्म स्पीकर, एलइडी डेटाइम रनिङ लाइट, १८ इन्चको अलोय ह्वील र सनरुफले यो गाडीलाई लोभलाग्दो बनाएको छ ।
३. बोलेरो नियो
महिन्द्राको निकै सफल एसयूभी बोलेरोको नाममा कम्पनीले यसअघि टियूभी ३०० नाम दिएर विक्री गर्दै आएको मोडललाई ल्याएको हो । भारतमा अघिल्लो वर्ष नै विक्री सुरु भएको बोलेरो नियो अग्नी इनकर्पोरेट प्रालिले नेपाल ल्याउने अर्को मोडल हो ।

बोलेरो नियो मोडलमा नयाँ हेडल्याम्प, अगाडिको बम्पर, १५ इन्चको अलोय ह्वील, पछाडि टेलगेटमा दिइएको स्पेयर टायर जस्ता परिमार्जन देख्न सकिन्छ । साथै, गाडीको डिजाइनमा प्रयोग भएका फरक फिचरले यसलाई बोल्ड बनाएको छ ।
नयाँ मोडलमा भित्रको अधिकांश फिचर पहिलेकै टियूभी ३०० कै प्रयोग भएको छ । ड्यासबोर्ड, टचस्कृन इन्फोटेन्टमेन्ट सिस्टम, सिट लगायतका फिचरलाई निरन्तरता दिइएको छ । यसमा नयाँ इन्ट्रुमेन्ट क्लष्टरको प्रयोग गरिएको छ भने पछाडिको सिटमा आर्मरेष्ट थप गरिएको छ ।
४. स्कर्पियो क्लासिक
महिन्द्राले स्कर्पियो एन मोडल बजारमा ल्याएसँगै पुरानो मोडललाई क्लासिक स्कर्पियो नामबाट फेसलिफ्ट गरेको थियो । कम्पनीले यसअघि प्रयोग गरेको महिन्द्राको लोगो, फ्रन्ट ग्रिलमा परिवर्तन गरेको छ । स्कर्पियो क्लासिक मोडलमा अगाडि स्कर्पियो एन र एक्सयूी ७०० को भर्टिकल ग्रिल सलर्ट र बीचमा महिन्द्राको टुईन पीक लोगो प्रयोग गरेको छ ।
अगाडि र पछाडि नै प्रयोग भएको स्कीड प्लेट, १७ इन्चको दुई कलरमा सजिएको अलोय ह्वील, ठूलो इन्फोटेन्टमेन्ट सिस्टम, पियानो व्ल्याक ड्यासबोर्डमा दिइएको उडन फिनिस सहितको सेन्टर कन्सोल यसमा पाउन सकिन्छ ।

महिन्द्राले स्कर्पियो क्लासिकमा २.२ लिटर फोर सिलिण्डर डिजेल इन्जिन दिएको छ । यो इन्जिनले १३६ हर्स पावर र ३०० एनएम पीक टर्क प्रदान गर्छ । यसमा ६ स्पीड म्यानुयल गियरबक्स रहेको छ । यसमा टु ह्वील र फोर ह्वील ड्राइभ अप्सन उपलब्ध रहेको छ ।
स्कर्पियो क्लासिकमा प्रोजेक्टर हेडल्याम्पको साथमा एलइडी डे टाइम रनिङ लाइट, ९ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, नयाँ स्टेरिङ ह्वील, क्रुज कन्ट्रोल, अटोमेटीक क्लाइमेट कन्ट्रोल, पावर विन्डो, सेकेन्ड रोमा एसी भेन्टस्, ड्यूल एयरब्याग जस्ता फिचर उपलब्ध छन् ।

