महंगो साइकलमा देखिए रणवीर कपुर

एजेन्सी । बलिउड नायक रणबिर कपुर मेट सिटी इलेक्ट्रीक साइकल चलाइरहेको अवस्थामा देखिएका छन् । मुम्बाइको एउटा गल्लीमा साइकल चलाइरहेका रणवीर कपुरले करिब २ हजार ३०० यूरो हाराहारी मूल्य पर्ने इलेक्ट्रीक साइकल चलाएका हुन् ।

यो साइकललाई भारतमा यामाहाले विक्री गर्ने मोटोजीपी बाइक आर १५ एमभन्दा बढी मूल्य पर्नेछ । मेट सिटी इलेक्ट्रीक साइकलमा २५० वाटको हब मोटर र १३ एम्पीयरको ब्याट्री प्याक दिइएको छ । यसलाई सिंगल चार्जमा ८० किलोमिटर गुडाउन सकिने कम्पनीको दावी छ । कम्पनीले यसमा ५ लेभरको प्याडल एसिस्टसँगै उच्च गति २५ किलोमिटर प्रतिघन्टा प्रदान गरेको छ ।

साइकलमा चार्जको अवस्था, बाँकी रेन्ज, प्याडल एसिस्ट जस्ता सूचना चालकलाई दिन एलसीडी डिस्प्ले दिइएको छ । साथै, फोल्ड गर्न सक्नेगरी बनाइएको कारण यसलाई आफ्नो आवश्यकता अनुसार जहाँ कहि लान सकिने भएको कारण यसको चर्चा कलाकारहरुको बीच भएको हो ।

रणवीर कपुर कारका सौखिन कलाकार मानिन्छन् । उनको ग्यारेजमा अउडी आर८, मर्सिडिज बेञ्ज जी६३ एएमजी, अउडी ए८, अउडी ए६, बीएमडब्लू ७ सिरिज, अउडी क्यू५ र ल्याण्डरोभर भोग जस्ता विलासी कार रहेका छन् ।


Back_to_top