यामाहा एफजेड २५ लाई टक्कर दिन आउँदै पल्सर २५०, यस्ता छन् भिन्नता

काठमाडौं । बजाज अटोले भारतमा केही समय अगाडि बहुप्रतिक्षित मोटरसाइकल पल्सर २५० सार्वजनिक गरेको थियो । कम्पनीले २५० सीसी सेग्मेन्टमा सेमी फियर्ड र नेकेड स्पोटर्सगरी एकैसाथ दुई मोटरसाइकल बजारमा ल्याएको हो ।

यो मोटरसाइकल तीन महिना भित्र नेपालमा सार्वजनिक हुने भनिएको छ । हाल नेपाली बजारमा २५० सीसी क्षमताको मोटरसाइकलको माग बढ्दै गएको अबस्थामा बजाजले पल्सर २५० सिरिज चाँडै नेपाल ल्याउने प्रयास गर्नेछ ।

पल्सर २५० नेपाल आउने हो भने पल्सर एफ २५० को प्रतिस्पर्धा सुजुकी जिक्सर २५० एफसँग हुनेछ भने एन २५० को प्रतिस्पर्धा यामाहा एफजेड २५ सँग हुनेछ ।

त्यसैले २५० सीसी सेग्मेन्टमा मोटरसाइकल किन्न खोज्नेको लागि बजाज पल्सर एन २५० तथा यामाहा एफजेड २५ को बारेमा तुलनात्मक भिन्नता दिने हामीले प्रयास गरेका छौ ।

इन्जिन

यी दुवै मोटरसाइकलमा २४९ सीसी सिगंल सिलिन्डर, ४ स्ट्रोक, एसओएचसी, २ भल्भ, एफआई इन्जिन रहेको छ । बजाजले आयल कुल इन्जिन दिँदा यामाहाले एयर कुल इन्जिन दिएको छ ।

पावरको तुलना गर्दा बजाज धेरै अगाडि देखिन्छ । बजाज एन २५० को इन्जिनले ८७५० आरपीएममा उच्चतम २४.५ पीएस पावर जेनेरेट गर्छ भने ६५०० आरपीएममा २१.५ एनएम टर्क जेनेरेट गर्छ ।

त्यस्तै यामाहा एफजेड २५ मा रहेको इन्जिनले ८००० आरपीएममा उच्चतम २०.८ पीएस पावर तथा ६००० आरपीएममा २०.१ एनएम टर्क जेनेरेट गर्छ । यी दुवै मोटरसाइकलमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ ।

बजाज पल्सर एन २५० को टप स्पीड १४० किलोमिटर प्रतिघन्टा रहेको छ भने यामाहा एफजेड २५ को टप स्पीड १३४ किलोमिटर प्रतिघन्टा रहेको छ ।

डाइमेन्सन

बजाज पल्सर एन २५० को लम्वाई २०३५ एमएम, चौडाई ७५० एमएम, उचाई ११६५ एमएम, ह्वीलवेस १३५१ एमएम, सिट हाइट ७९५ एमएम रहेको छ । त्यस्तै यामाहा एफजेड २५ को लम्वाई २०१५ एमएम, चौडाई ७७५ एमएम, उचाई १०७५ एमएम, ह्वीलवेस १३६० एमएम, सिट हाइट ७९५ एमएम रहेको छ ।

यामाहा एफजेडको ग्राउन्ड क्लियरेन्स १६० एमएम रहेको छ भने बजाज पल्सर एन २५० को ग्राउन्ड क्लियरेन्स १६५ एमएम रहेको छ ।

ब्रेक/सस्पेन्सन/ह्वील

यी दुबै मोटरसाइकलको दुवै ह्वीलमा डिस्क ब्रेक उपलब्ध रहेको छ । एफजेड २५ को फ्रन्टमा २८२ एमएम र रियरमा २२० एमएमको डिस्क ब्रेक रहेको छ । पल्सर एन २५० को फ्रन्टमा ३०० एमएम र रियरमा २३० एमएमको डिस्क रहेको छ ।

बजाजले पल्सरमा सिंगल च्यानल एबीएस दिँदा यामाहाले डबल च्यानल एबीएस दिइको छ । ब्रेक साइजमा बजाज अगाडि रहेको छ ।

यी दुवै मोटरसाइकलको फ्रन्टमा टेलिस्कोपीक सस्पेन्सन रहेको छ भने, रियरमा बजाजले निट्रोक मोनोसक दिँदा यामाहाले ७ स्टेप एडजष्टेवल मोनोक्रस सस्पेन्सन दिइको छ ।

यी दुवै कम्पनीले १७ इन्चको अलोय ह्वील दिएका छन् ।

इन्धन

यी दुवै मोटरसाइकलमा १४ लिटर क्षमताको फ्युल ट्याङ रहेको छ । यामाहा एफजेड २५ ले ४३ किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीको दावी छ भने बजाजले ३८ किलोमिट माइलेज दावी गरेको छ ।

अन्य फिचर

यी दुवै मोटरसाइकलको फ्रन्ट लुक अग्रेसिप रहेको छ । बजाजले एनालगसहितको डिजिटल कन्सोल दिएको छ भने यामाहाले फुल डिजिटल कन्सोल दिएको छ । यी दुवै मोटरसाइकलको कन्सोलमा डिजिटल ट्रिप मिटर, स्पीडोमिटर, गियर इन्डिकेटर, फ्युल वार्निङ इन्डिकेटर, फयुल गज, क्लक, ट्रिप मिटर काउन्ट जस्ता फिचर रहेका छन् ।

बजाजले वाइ फंग्सनल एलइडी प्रोजेक्टर हेडल्याम दिएको छ भने यामाहाले एलइडी हेडल्याम्प दिइको छ । यी दुवै मोटरसाइकलमा किक स्टार्ट अप्सन उपलब्ध छैन ।

मूल्य

यामाहा एफजेड २५ नेपाली बजारमा विक्री भइरहेको मोटरसाइकल हो भने बजाज पल्सर एन २५० बहुप्रतिक्षित मोटरसाइकल हो । यामाहा एफजेड २५ र बजाज पल्सर एन २५० को मूल्य भारतीय बजारमा समान जस्तै रहेको ।

यामाहाले एफजेड २५ लाई ४ लाख ७४ हजार ९०० रुपैयाँमा विक्री गर्दै आएको छ भने बजाजले कति मूल्यमा सार्वजनिक गर्छ त्यो भने हेर्न भने बाँकी नै छ ।


Back_to_top