काठमाडौं । यामाहा मोटरसाइकलको लागि नेपालको आधिकारिक वितरक एमएडब्लू इन्टरप्राइजेजले नयाँ मोटरसाइकल नेपालमा विक्री सुरु गर्ने भएको छ । कम्पनीले यामाहाको बहुप्रतिक्षित मोटरसाइकल एफजेड एक्सको विक्री सुरु गर्ने भएको हो ।
कम्पनीले रेट्रो थिममा निर्माण गरेको एफजेड एक्स यामाहा एक्सचेन्ज मेलामा सार्वजनिक गर्ने भएको हो । कम्पनीले चैतको दोस्रो सातामा आयोजना गर्न लागेको यामाहा एक्सचेन्ज मेलामा एफजेड एक्स सार्वजनिक गर्ने कम्पनी स्रोतले जनाएको छ ।
कम्पनीका अनुसार एफजेड एक्सको परिक्षण सफल भएको छ । यो मोटरसाइकलको नेपालका विभिन्न भुभागमा ५ हजार किलोमिटर चलाएर परिक्षण गरिएको थियो ।
एफजेड एक्स रेट्रो लुक मोर्डन टेक्नोलोजिमा आधारित रहेर निर्माण गरिएको छ । यसमा राउण्ड सेप एलइडी हेड ल्याम्प दिइएको छ । त्यस्तै यसमा नयाँ टेक्नोलोजि आधारित धेरै फिचर रहेको छ ।
कम्पनीले यसमा ब्रान्ड न्यू अल डिजिटल कन्सोल दिएको छ । एफजेड एक्समा कम्पनीले ब्लुटुथ भेरियन्टसमेत दिएको छ । साथै, यसमा सिंगल च्यानल एबीएस उपलब्ध रहेको छ ।
यसमा १४९ सीसी क्षमताको एफआई इन्जिन यसमा रहने छ । उक्त इन्जिनले ७२५० आरपीएममा अधिकतम १२.४ पीएस पावर र ५५०० आरपीएममा १३.३ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीडको गियरबक्स रहेको छ ।
यसका अलावा एफजेड एक्सको अगाडि कन्भेन्सनल टेलिस्कोपिक फर्क र पछाडि मोनोशक सस्पेन्सन, ब्लुटुथ कनेक्टिभिटी, दुबै चक्कामा डिस्क ब्रेक, सिंगल च्यानल एबीएस, फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर जस्ता फिचर पाउन सकिन्छ ।

