अर्को महिना नेपाल आउने होन्डा र जीएसीका दुई एसयूभी, कुनमा कस्ता फिचर ?

काठमाडौं । चीनमा उत्पादन हुने दुई एसयूभी नेपाल आउँदै छ । चीनको अटोमोवाइल ग्रुप जीएसीको न्यू इनर्जी ब्राण्ड एवोनको एवोन–भी नेपालमा बुकिङ खुला भएको छ ।

जीएसी र होन्डाले चीनमा विद्युतीय साधन उत्पादन गर्दै आएका छन् । यस्तोमा एउटै लिगेसीको मिलेर उत्पादन गरेको होन्डा इःएन१ पनि नेपाल आउँदैछ ।

सिजी मोटर्सले एवोन भी र स्याकार ट्रेडिङ कम्पनीले होन्डा ईःएन१ मोडल नेपालमा बिक्री सुरु गर्ने भएका छन् । यी दुबै ब्राण्डका विद्युतीय एसयूभी जनवरी अन्तिमबाट बिक्री सुरु हुँदैछ ।

नेपाल आउँदै गरेका यी दुबै एसयूभीमा रहेका भिन्नतालाई हामीले यहाँ केलाउने प्रयास गरेका छौं ।

डायमेन्सन

गाडीको चर्चा गर्दा त्यसको साइजको विषयमा कुरा सबैभन्दा अगाडि आउँछ । एवोन भीको लम्बाइ ४६०५ एमएम, चौडाइ १८५४ एमएम, उचाइ १६६० एमएम छ । यसमा २७७५ एमएम लामो ह्वीलवेस पाउन सकिन्छ । एवोन भीमा १९ इन्चको ह्वील र १८० एमएम ग्राउण्ड क्लियरेन्स रहने छ ।

त्यस्तै, होन्डा ईःएन१ को लम्बाई ४३८७ एमएम, चौडाइ १७९० एमएम र उचाइ १५८४ एमएम छ । यसमा २६०७ एमएम लामो ह्वील वेस रहेको छ ।

ब्याट्री, रेन्ज तथा मोटर

एवोन भी नेपालमा दुई भेरियन्टमा आउँछ । यसको लङ रेन्जमा ७५ किलोवाट र सर्ट रेन्जमा ६२ किलोवाटको ब्याट्री प्याक छ । एवोन भीलाई एक पटकको फुल चार्जमा ५०० किलोमिटरसम्म रेन्ज दिने अनुमान गरिएको छ । एवोन भी ईभीको अन्तर्राष्ट्रिय स्पेकमा १५० र १६५ किलोवाटको मोटर रहेको छ ।

होन्डाको ईःएन१ ईभीमा ६८.८ किलोवाटको ब्याट्री प्याक छ । यो ईभीको डब्लुएलटीपी रेन्ज ४१२ किलोमिटर छ । होन्डा ईःएन१ को हङकङ स्पेकमा १५० किलोवाटको मोटर छ । यो ईभीको पावर २०४ पीएस र ३१० न्यूटन मिटर टर्क प्रदान गर्छ ।

फिचर

जीएसी एवोन भीमा ‘रेक्ट्रयाङगुलर एच सेप’को ड्रायगन क्लोज फ्रन्ट हेडलाइट रहेको छ । यसमा मल्टी स्पोक पेडल स्टाइलको रिम रहेको छ ।

जीएसीले यसमा रुफ लाइडार फाइभ मिलिमिटरको वेभ राडार, ११ वटा क्यामरा, १२ अल्ट्रासोनिक राडार, निभीडीयाको ओरियन एक्स चीप रहेको छ । यसको क्याविनमा १४.६ इन्चको सेन्टर कन्ट्रोल स्कृन तथा फुल्ली एलसीडी इन्स्ट्रुमेन्ट प्यानल रहेको छ । सेन्टर कन्सोलमा दुइवटा वायरलेस मोवाइल चार्जिङ प्याड रहेको छ ।

होन्डाको एचआर भीको डिजाइनबाट प्रभावित ईभीमा आकर्षक फ्रन्ट डिजाइन रहेको छ । यो ईभीको ड्यास बोर्डमा १५.१ इन्चको भर्टिकल इन्फोटेन्मेन्ट टचस्कृन रहेको छ । यसको क्याविनमा डिउल जोन क्लाइमेट कन्ट्रोल सिस्टम, पानारोमिक सनरुफ, पार्किङ सेन्सर, ३६० डिग्री क्यामरा र सुरक्षाको लागि होन्डा सेन्सीङ फिचरसहित एडास उपलब्ध छ ।


Back_to_top