काठमाडौं । रोयल इनफिल्ड इन्डियाले सेकेन्ड ह्याण्ड (प्रि ओन) मोटरसाइकल समेत बिक्री गर्ने भएको छ । कम्पनीले सन् २०२३ मा सिमित मात्र शोरुमहरूबाट सुरू गरेको उक्त ब्यवसाय भारतमा रहेका सबै आधिकारीक शोरुमबाट सुरु भएको हो ।
कम्पनीले ‘रि–ओन’ नाम दिएको उक्त ब्यसायमा ग्राहकले पुराना रोयल इनफिल्डका मोटरसाइकलसँग नयाँ मोटरसाइकल साट्न सक्नेछन् ।
त्यस्तै, शोरुमबाट नै सकेन्ड ह्याण्ड मोटरसाइकल किन्ने ग्राहकले फ्रि सर्भिसका साथै १ वर्षको वारेन्टी समेत पाउने छन् । यसका अलावा एक्सचेन्चमा नयाँ मोटरसाइकल किन्ने ग्राहकले बोनससमेत प्राप्त गर्नेछन् ।
यसरी एक्सचेन्जमार्फत मोटरसाइकल किन्न चाहाने ग्राहकले आफ्नो पुरानो मोटरसाइकल अनलाइनमा आफ्नो मोटरसाइकलको चेकजाँच गराउन सक्नेछन् । यसरी बिक्री हुने प्रि ओन मोटरसाइकलको २०० भन्दा धेरै मेकानिकल र टेक्निकल चेक गरिने कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले सुरु गरेको यो ब्यवसायले ग्राहकवर्गमा रोयल इनफिल्ड मोटरसाइकलको विश्वसनियता झनै बढ्ने कम्पनीको बुझाइ छ । रोयल इनफिल्डले यो योजना आफ्नो ४७५ वटा आधिकारीक शोरुमहरुमा उपलब्ध हुने बताएको छ ।


