काठमाडौं । इलेक्ट्रीक स्कुटर बिक्रेता कम्पनी क्लासिक ह्वील एक्सपोर्ट एण्ड इम्पोर्टले बिक्री गर्दै आएको ग्यारो डीटी ६० एक पटकको फुलचार्जमा धरान पुगेको छ । कम्पनीले एक कार्यक्रम आयोजना गर्दै उक्त स्कुटरले ३५० किलोमिटरभन्दा धेरै रेन्ज दिएको दावी गरेको हो ।
कम्पनीले गत महिनादेखि नेपाली बजारमा बिक्री सुरु गरेको ग्यारो डीटीको रेन्ज परिक्षणका लागि दुई राइडरलाई धरानसम्म पठाएको थियो ।
राइडपछि आयोजना गरिएको कार्यक्रममा बोल्दै एक राइडर राम बिक्रम थापाले आफुले चलाएको स्कुटरले ३५० भन्दा धेरै किलोमिटर रेन्ज दिएको बताए ।
ग्यारो डीटी ६० नेपालमा पाइने सर्वाजधिक धेरै रेन्ज भएको स्कुटर हो । कम्पनीले दावी गरे अनुसार उक्त स्कुटरले एक पटकको फुल चार्जमा ३५० किलोमिटरसम्म रेन्ज दिन्छ । ग्यारो डीटी ६० मा ४८ भोल्ट १८० एम्पीयर आवर ९८.४६ किलोवाट अवारको लिथियम आयोन ब्याट्री उपलब्ध छ ।
यो स्कुटरमा तीन राइड मोड उपलब्ध छ जसमा इको मोडमा ३५० किलोमिटर, ड्राइभिङ मोडलमा २८० किलोमिटर र स्पोर्टस् मोडमा २०० किलोमिटरसम्म रेन्ज उपलब्ध हुने कम्पनीको दावी छ ।
यो स्कुटरमा ४ हजार वाटको पीक पावर क्षमताको मोटर उपलब्ध छ । यसको टप स्पीड ६८ किलोमिटर प्रतिघन्टा छ ।
कम्पनीले ३ लाख ६५ हजार रुपौयाँ तोकेर यो स्कुटर बिक्री गर्दै आएको छ ।


