चर्चामा जिलीको ‘काउब्वाय’ अफरोड एसयूभी

काठमाडौं । चिनियाँ ब्राण्ड जिलीले ग्वान्झाओ अटो शो २०२४ मा सार्वजनिक गरेको ‘काउब्वाय’ अफरोड एसयूभी अहिले चर्चामा छ । कम्पनीले दुई भेरियन्टमा उपलब्ध गराएको अफरोड एसयूभी पेट्रोल इन्जिनमा आधारित मोडल हो ।

नोभेम्बर अन्तिममा बिक्री सुरू हुने काउब्वाय मोडलको मूल्य १३ हजार ३०० अमेरिकी डलर कायम भएको छ । टप भेरियन्ट किन्नेले अतिरिक्त ७०० डलर तिर्नुपर्ने हुन्छ ।

जिलीले काउब्वायको डिजाइन ‘स्क्वायर बक्स’मा आधारित छ । रग्ड फ्रन्ट ग्रिल, फ्रन्ट गार्ड प्लेट, रुफ र्याक, बक्सी रियर डिजाइनको कारण यसले धेरै चर्चा पाउन सफल भएको हो । डोर ह्याण्डल, लुकिङ ग्लास र बडी लोगो कालो कलरमा दिइएको छ । १७ इन्चको अफरोड टायर उपलब्ध कारमा पछाडि स्पेयर टायर झुण्डाइएको छ ।

भर्टिकल ले आउटमा सजिएको थ्री लेन्स एलईडी हेडलाइट, मल्टीफङ्गशनल टुल किट र विभिन्न ४ कलरमा उपलब्ध हुने काउब्वाय मोडलको लम्बाइ ४४४२ एमएम छ ।

यसको इन्टेरियरमा ८.८ इन्चको एलसीडी इन्ट्रुमेन्ट प्यानल र १४.६ इन्चको हाइडेफिनेसन इन्फोटेन्टमेन्ट सिस्टम पाउन सकिन्छ । इलेक्ट्रीकल्ली एड्जस्टेबल सिट, २५६ कलर एम्बियन्ट लाइट, मोबाइल फोन रिमोट कन्ट्रोल र लेभल टु एड्भान्स एसिस्टेन्स ड्राइभिङ फङ्गसन उपलब्ध छ ।

यो पूर्णतः पेट्रोल अफरोड एसयूभी हो । यसमा १.५ लिटर टर्बो इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम १७८ पीएस पावर प्रदान गर्छ । यसको पीकटर्क २९० एनएम छ ।


Back_to_top