काठमाडौं । विश्वकै सबैभन्दा ठूलो हाइ भोल्टेज ब्याट्री उत्पादक कम्पनी ‘कन्टेम्प्रोअरी एम्पेरेक्स टेक्नोलोजी कम्पनी लिमिटेड’ (सीएटीएल)ले सेकन्ड जेनेरेशन सोडियम आयोन ब्याट्री घोषणा गरेको छ । नयाँ सोडियम आयोन ब्याट्रीको सबैभन्दा ठूलो विशेषता माइनस ४० डिग्रीमा मात्रै डिस्चार्ज हुनु होे ।
सेकेन्ड जेनेरेशन ब्याट्रीले निकै चिसो तापक्रममा पनि उत्कृष्ट पर्फर्मेन्स गर्न सक्ने सीएटीएलले जनाएको छ । सन् २०२५ मा लन्च हुने सेकेन्ड जेनेरेशन सोडियम आयोन ब्याट्रीको इनर्जी डेन्सीटी २०० किलोवाट आवर प्रतिकेजी भन्दा माथि हुनेछ ।
अहिले प्रयोगमा रहेको पहिलो जेनेरेशन सोडियम आयोन ब्याट्रीको इनर्जी डेन्सीटी १६० किलोवाट आवर प्रतिकेजी छ । नयाँ जेनेरेशन ब्याट्रीसँगै सोडियम आयोनको इनर्जी डेन्सीटी पनि लिथियम आयोनको जतिकै हुने र निकै चिसो स्थानमा पनि उत्कृष्ट पर्फर्मेन्स गर्ने भएको कारण निकट भविष्यमा नै लिथियम आयोन ब्याट्री रिप्लेस हुने अनुमान गरिएको छ ।
सोडियममा आधारित ब्याट्री लिथियमभन्दा सस्तो हुने भएपनि अहिले भइरहेको उत्पादनमै भने महंगो पर्छ । तर, आगामी वर्षबाट सोडियम र लिथियम ब्याट्रीको मूल्य समान हुने र केही वर्षपछि सोडियम ब्याट्री लिथियमभन्दा ७० प्रतिशतसम्मले सस्तो हुने प्रक्षेपण गरिएको छ ।

