चढ्ने हो ? कम मूल्यमा दमदार इलेक्ट्रीक बाइक, ९ माेडलमा उपलब्ध

काठमाडाैं । नाडा अटो शोलाई लक्षित गरेर नयाँ इलेक्ट्रीक ब्रान्ड नेपाली बाजरमा भित्रिएको छ । योमा माई ग्रुपले जिनियस नामक चिनियाँ ब्रान्डका स्कुटर तथा मोटरसाइकल नेपाली बजारमा भित्र्याएको हो । हाल परिक्षणको क्रममा रहेको यो स्कुटर तथा मोटरसाइकल भदौ १० गतेदेखि भृकुटी मन्डपमा हुने नाडा अटो शोमा बिक्री तथा प्रर्दशनीमा राख्ने कम्पनीले जनाएको छ । 

कम्पनीले आर्कषक तथा उच्च रेन्ज प्रदान गर्ने स्कुटर तथा मोटरसाइकल नाडा अटो शोमा राख्ने बताएको छ ।

कम्पनीले नाडा अटो शोलाई लक्षित गरेर नेपाली बजारमा भित्र्याएको मोटरसाइकल तथा स्कुटर निम्न प्रकारका रहेका छन्

इलेक्ट्रीक स्कुटरहरू

एलटी १५१२

नाडा अटो शोमा सार्वजनिक हुने यस स्कुटरमा १५०० वाटको मोटर लगाइएको छ । यसमा उपलब्ध ७२ भोल्ट ३२ एएचको लिथियम ब्याट्री रहेको छ । यो इलेक्ट्रीक इन्जिनले १२५ एनएम टर्क बराबरको पावर प्रदान गर्नेे कम्पनीले जनाएको छ । यो ब्याट्री फुल चार्ज हुन ६ देखि ८ घन्टा लाग्छ । यसकाे दुबै पाँग्रामा डिस्क ब्रेक लगाइएको छ । यसको फ्रन्टमा हाइड्रोलिक याब्जर्बर सस्पेन्सन र रियरमा  हाइड्रोलिक सक याब्जर्बर सस्पेन्सन दिइएको छ ।

एक्सएन–१२३२

६० भोल्ट ३२ एएचको लिथीयम ब्याट्री सहित आउने एक्सएन–१२३२ स्कुटरमा १२०० वाटको मोटर लगाइएको छ । यसले १०५ एनएम टर्क जेनेरेट गर्छ भने, यसको ब्याट्री फुल चार्ज हुन ६ देखि ८ घन्टा लाग्ने कम्पनीले जनाएको छ । यसले एकपटककाे फुलचार्जमा १०० किलाेमिटर रेन्ज दिन्छ ।

इलेक्ट्रीक बाइकहरू

डब्ल्यु–५४

अटो शोमा सार्वजनिक हुने इलेक्ट्रीक बाइक डब्ल्यु–५४ मा उपलब्ध ५००० वाटको मोटरले २०६ एनएम टर्क उत्पादन गर्छ । यसमा उपलब्ध ७१ भोल्ट ४० एचको लिथीयम ब्याट्री फुल चार्ज हुन ६ देखि आठ घन्टाको समय लाग्छ  । बाइकको फ्रन्ट र रियरमा डिस्क ब्रेक लगाइएको छ  । त्यस्तै, यसको फ्रन्टमा हाइड्रोलिक याब्जर्बर सस्पेन्सन र रियरमा  हाइड्रोलिक सक याब्जर्बर सस्पेन्सने दिइएको छ । यसको फ्रन्टमा र रियरमा १७ इन्च अलोय ह्वील लगाइएको छ ।

एक्सवाइ–३४

यसमा ३००० वाटको मोटर लगाइएको छ भने, ७२ भोल्ट ४० एचको लिथीयम  ब्याट्री लगाइएको छ ।यस बाइकमा उपलब्ध मोटरले १ हजार आरपिएममा १८५ एनएम टर्क पावर दिन्छ । कम्पनीका अनुसार ब्याट्री फुल चार्ज हुन ६ देखि ८ घन्टाको समय लाग्छ । यसको फ्रन्टमा १७  र रियरमा १६ इन्चको आल्म्युनियम ह्वील लगाइएको छ भने फ्रन्टमा हाइड्रालिक याब्जर्बर र रियरमा हाइड्रालिक सक याब्जर्बर सस्पेन्सन रहेको छ ।

एक्सवाइ–५४

यस्तै, इलेक्ट्रीक बाइक एक्सवाइ–५४ मा ७२ भोल्ट ४० एएचको लिथीयम ब्याट्री सहित आउने छ । यसमा ५ हजार वाटको मोटर लगाइएको छ । यसमा उपलब्ध मोटरले १२ स २०६ एनएम टर्क उत्पादन गर्छ । यसको फ्रन्ट र रियरमा रियरमा १७ इन्चको आल्म्युनियम अलोय ह्वील लगाइएको कम्पनीले जनाएको छ । यसमा उपलब्ध ब्याट्री चार्ज गर्न ६ देखि ८ घन्टा लाग्छ ।  यसको फ्रन्ट र रियरमा डिस्क बे्रक लगाइएको छ भने, फ्रन्टमा हाइड्रोलिक याब्जर्बर र रियरमा हाइड्रोलिक सक याब्जर्बर सस्पेन्सन लगाइएको छ ।

डब्ल्यु–३४

यो मोटरसाइकलमा ३००० वाटको मोटर लगाइएको छ । यसमा उपलब्ध मोटरले १००० आरपिएममा १८५ एनएम टर्क उत्पादन गर्छ । यसको फ्रन्ट र रियरमा डिस्क बे्रक लगाइएको छ भने, फ्रन्टमा हाइड्रालिक याब्जर्बर र रियरमा हाइड्रालिक सक याब्जर्बर सस्पेन्सन लगाइएको छ । यसमा ७२ भोल्ट ४० एएच लिथीयम ब्याट्री लगाइएको छ । यो ब्याट्री चार्ज हुन ६ देखि ८ घन्टा समय लाग्ने कम्पनीले जनाएको छ ।  यसको फ्रन्टमा १७ इन्च र रियरमा १६ इन्चको आल्म्युनियम अलोय ह्वील लगाइएको छ ।

डब्ल्यु–५४

यसमा उपलब्ध ५ हजार वाटको मोटरले २०६ एनएम टर्क उत्पादन गर्छ । यसमा उपलब्ध ७२ भोल्ट ४० एएच लिथीएम आयन ब्याट्री फुल चार्ज हुन ६ देखि ७ घन्टाको समय लाग्छ । यसको फ्रन्ट  र रियरमा १७ इन्चको अलोय ह्वील लगाइएको छ । यो बाइकको यसको फ्रन्ट र रियरमा डिस्क ब्रेक लगाइएको छ भने, फ्रन्टमा हाइड्रालिक याब्जर्बर र रियरमा हाइड्रालिक सक याब्जर्बर सस्पेन्सनसंगै स्प्रिङ लगाइएको छ ।

पी–३४

यसमा ३ हजार वाटको मोटर लगाइएको छ, यो मोटरले १८५ एनएम टर्क उत्पादन गर्छ । यसमा ७२ भोल्ट ४० एएच लिथीएम आयन ब्याट्री लगाइएको छ । यसको फ्रन्ट  र रियरमा १७ इन्चको अलाय ह्वील लगाइएको छ । यसमा उपलब्ध ब्याट्री ६ देखि ८ घन्टामा फुल चार्ज हुने  कम्पनीले जनाएको छ । यसको फ्रन्ट र रियरमा डिस्क ब्रेक लगाइएको छ भने, फन्टमा हाइड्रालिक याब्जर्बर र रियरमा हाइड्रालिक सक याब्जर्बर सस्पेन्सन लगाइएको छ ।

एक्स–५४

यो इलेक्ट्रीक बाइकमा ५ हजार वाटको मोटर लगाइएको छ, यो मोटरले २०६ एनएम टर्क उत्पादन गर्छ । यसमा उपलब्ध ७२ भोल्ट ४० एएच लिथीएम आयन ब्याट्री फ्ल चार्ज हुन ६ देखि ८ घन्टा लाग्छ ।यसको फ्रन्ट  र रियरमा १७ इन्चको अलाय ह्वील लगाइएको छ । यसको फ्रन्ट र रियरमा डिस्क ब्रेक लगाइएको छ भने, फ्रन्टमा हाइड्राेलिक याब्जर्बर र रियरमा हाइड्रालिक सक याब्जर्बर सस्पेन्सन लगाइएको छ ।

माथि उल्लेखित मोटरसाइकलहरु एक पटकको फुलचार्जमा १२० किलोमिटरसम्म यात्रा गर्न सकिन्छ भने उल्लेखित स्कुटरहरुमा एक पटक फुलचार्ज गरेर ११० किलोमिटर यात्रा तय गर्न सकिने कम्पनीले बताएको छ । उक्त मोटरसाइकलहरुको टप स्पीड क्षमता १०० किलोमिटर प्रतिघन्टा रहेको छ भने, स्कुटरहरुको टप स्पीड ७० किलोमिटर प्रतिघन्टा रहेको छ ।

यी मोटरसाइकलहरुको मूल्य २ लाख ७८ हजार रुपैयाँदेखि ३ लाख ७८ हजार रुपैयाँसम्म र स्कुटरको मूल्य १ लाख ८९ हजारदेखि १ लाख ९६ हजार रुपैयाँसम्म रहेको छ ।


Back_to_top