काठमाडौं । यामाहा एमटी मोटरसाइकल किन्दा राइडिङ ज्याकेट निःशुल्क पाइने भएको छ । यामाहा नेपालले सिमित समयका लागि यामाहा एमटी १५ खरिद गर्ने ग्राहकलाई निःशुल्क राइडिङ ज्याकेट दिने स्कीम ल्याएको हो ।
यामाहा मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी एमडब्लू राइडले कभचसँगको सहाकार्यमा तयार पारेको गुणस्तरीय र प्रिमियम राइडिङ ज्याकेट प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
नेपाली राडिङ गियर्स उत्पादक कम्पनी कभचले अत्याधुनिक डिजाइन, टिकाउपन र सुरक्षालाई ध्यानमा राखेर निर्माण गरेको यो ज्याकेट एमटी १५ को निलो र सेतो कलरका ग्राहकले निःशुल्क पाउने छन् । यो स्कीम फाइनान्स तथा नगद दुबैमा मोटरसाइकल किन्ने ग्राहकले पाउने कम्पनीको भनाइ छ ।
यामाहा एमटी १५ मा १५५ सीसी लिक्वीड कुल्ड सिंगल सिलिन्डर इन्जिन रहेको छ । यो इन्जिनले १९ बिएचपी तथा १५ एनएम टर्क जेनेरेट गर्छ । यसमा आर–१५ भी ३ कै भिभिए टेक्नोलोजी प्रयोग गरिएको छ ।
सिक्स स्पीडको गियर बक्स, स्लिपर कल्च, सिंगल च्यानल एबीएस, फुल डिजिटल कन्सोल, फुल एलइडी लाइट जस्ता फिचर रहेका छन् ।
यसको मूल्य ५ लाख ५४ हजार ९०० रुपैयाँ रहेको छ ।

