काठमाडौं। हेटौंडा-काठमाडौं जोड्नै गर्ने छोटो दूरीको कान्ति लोकपथ सडक भोलीदेखि ४ दिनका लागि बन्द हुने भएको छ ।
बागमती नदिमा बेलिब्रिज निर्माणको काम भइरहेको कारण जेठ २१ देखि चार दिनसम्मका लागि बन्द गरिने भएको हो ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले एक सूचना जारी गर्दै मकवानपुर र ललितपुरको सिमानामा पर्ने बागमती खोलामा बेलीब्रिज निर्माण गर्न जेठ २१ देखि २४ सम्म कान्ति लोकपथ बन्द रहने जानकारी गराएको हो।
वैकल्पिक सडक प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरिएको सूचनामा उल्लेख छ।


