पृथक टेस्टको ‘एक्सईभी-९ई’ नेपालमा, किन्दा ठिक हुने ५ कारण

काठमाडौं । महिन्द्राको पछिल्लो इलेक्ट्रीक एसयूभी एक्सईभी-९ईको केही युनिट नेपाल आएको छ । आगामी साउनबाट बिक्री सुरु हुने एक्सईभी-९ई भारतमा निकै सफल बन्दै गएसँगै नेपाल पनि आएको हो ।

महिन्द्राले भारत बाहेक नेपाल, साउथ अफ्रिका र अष्ट्रेलियामा पनि एक्सईभी-९ई बिक्री सुरु गर्दैछ । भारत बाहिर पनि एक्सईभी-९ईको चर्चा राम्रै भइरहेको छ ।

नेपाली बजारमा विद्युतीय गाडीको बिक्रीमा उछाल आइरहेको छ । तर, चिनियाँ उत्पादनसँग सिधा प्रतिस्पर्धा हुने एक्सईभी-९ई मूल्यका आधारमा भने चिनियाँ कारभन्दा महंगो हुने निश्चित छ । बढी मूल्य भएपनि यसलाई किन्दा ग्राहकले धेरै कुरा हाम्रो सडक सुहाउँदो भने पाउने छन् ।

त्यसबाहेक पनि फिचरको हिसावले पनि एक्सईभी-९ईमा लामो लिस्ट उपलब्ध छ । त्यसैको बलमा महिन्द्राको बलियो नेटवर्क, सर्भिस र ईभीको अनुभवका आधारमा राम्रो ब्यापार गर्न सफल हुने अनुमान गरिएको छ ।

यसबाहेक निम्न पाँच कारण एक्सईभी-९ई उत्कृष्ट छनोट बन्न सक्ने देखिन्छ ।

१. रेन्जमा उत्कृष्ट : एक्सईभी-९ईमा दुई ब्याट्री अप्सन पाउन सकिन्छ । सानो ५९ किलोवाटको ब्याट्रीले ४०० किलोमिटर र ठूलो ७९ किलोवाट आवरको ब्याट्रीले ५५० किलोमिटर माथि रेन्ज दिनेछ । उक्त रेन्ज भारतीय उपभोक्तले सडकमा नै पाइरहेका छन् ।

अर्को यसको ब्याट्री पनि तिब्र गतिमा चार्ज हुन्छ । कम्पनीका अनुसार १७५ किलोवाटसम्मको डिसी चार्जर सपोर्ट गर्ने एसयूभीलाई २० देखि ८० प्रतिशत केबल २० मिनेटमा गर्न सकिने महिन्द्राको दावी छ ।

२. टेक फिचरले भरिपूर्ण : महिन्द्राले यसको ड्यासबोर्डमा तीनवटा स्कृन दिएको छ । १२.३ इन्ज साइजका तीन स्कृन एक आपसमा जोडिएका छन् । १६ वटा स्पीकर, १४०० वाटको हर्मन कार्डनको साउन्ड सिस्टम, वेलकम र मेरोरी सिट, अगाडि सिट बोस मोड उपलब्ध छ ।

वायरलेस चार्जर, एलइडी लाइट सहितको प्यानारोमिक क्लास रुफ दिइएको छ ।

३. खराब बाटाहरुको लागि पनि उत्कृष्ट : महिन्द्राको पहिचान नै खराब बाटोको लागि उत्कृष्ट एसयूभी उत्पादन गर्ने कम्पनी हो । उसले ईभीमा पनि त्यसलाई पुरा गर्न कुनै कसर बाँकी राखेको छैन । यसमा इन्डिपेन्डेन्ट सेमी-एक्टीभ ड्याम्पर सस्पेन्स दिइएको कारण खराब बाटोमा उत्कृष्ट पर्फमेन्स पाउन सकिन्छ ।

यसका अलावा १९ इन्चको ह्वील, २०७ एमएम अग्लो ग्राउन्ड क्लियरेन्स जस्ता फिचरको कारण यसलाई कच्ची बाटोमा चलाउन समस्या हुन्दैन ।

४. उत्कृष्ट पर्फमेन्स : महिन्द्राले यसलाई १९९ किलोवाट पीकपावर भएको मोटरको साथ बजारमा ल्याएको छ । यसको सानो ब्याट्री अप्सनलाई भने ९९ किलोवाटको मोटरमा पनि ल्याउने छ ।

५. फराकिलो क्याविन

कुप्पे डिजाइनमा तयार भएको एक्सईभी-९ई साइजमा पनि उत्कृष्ट छ । यसको लम्बाइ ४७८९ एमएम छ भने चौडाइ १९०७ एमएम छ । चौडाइको आधारमा यसलाई निकै फराकिलो मान्न सकिन्छ । उचाइमा पनि सम्झौंता भएको छैन । यसमा १६९४ एमएम अग्लो हाइट दिइएको छ ।

प्योर इलेक्ट्रीक प्लेटफर्ममा भएको कारण यसको क्याविन निकै स्पेशियस लाग्छ । धेरै स्थानमा सामान स्टोर गर्न मिल्ने भएको कारण प्रयोगकर्तालाई यसमा केही कमी महसुस हुँदैन ।

अन्त्यमा मूल्य

भारतमा उत्पादन भएको ईभी भएकै कारण यसको मूल्य भने केही बढी हुने अनुमान गरिएको छ । भन्सार प्रयोजनको लागि कम्पनीले छापेको अधिकतम खुद्रा बिक्री मूल्य ७७ लाख ६५ हजारदेखि १ करोड ७ लाख रुपैयाँसम्म छ । तर, बिक्रीमा आउँदा केही मूल्य कम हुने अनुमान गर्न सकिन्छ ।


Back_to_top