सुजुकीले आफ्नो चर्चित बाइक जिक्सर १५५ र जिक्सर एसएफको नयाँ मोडल उत्पादन सुरु गरेको जनाएको छ । तर, तत्काल भने यी दुई मोटरसाइकलमा कम्पनीले थुप्रै फिचरमा परिर्वतनगरि बजारमा ल्याएको हो । नयाँ फिचरले जिक्सर बाइक अझ बढी सुरक्षीत र उत्कृष्ट पर्फमेन्स गर्ने कम्पनीले दाबी गरेको छ ।
सुजुकीको नयाँ बाइकले बजारमा होन्डा सिबी हर्नेेट १६० आर र यामाहा एफजीसँग प्रतिस्पर्धा गर्नेछ । यी मोटरसाइकलमा फुल एलइडी हेडलाइट, परिमार्जित इन्स्ट्र्मेन्ट कन्सोलका साथै थुप्रै कस्मेटिक परिर्वतन गरिएको छ ।
यसमा उपलब्ध १५४.९ सीसी सिङ्गल सिलिन्डर एयरकुल्ड इन्जिनले ८ हजार आरपीएममा १४.८ पीएस पावर र ६ हजार आरपीएममा १४ एनएम टर्क उत्पादन गर्छ ।
दुबै बाइकको इन्जिनमा ५ स्पीड गियरबक्स दिइने छ । अहिले भारतमा जिक्सर १५५ एबीएसको मूल्य ८८ हजार ३ सय ९० रहेको छ भने एफएस (कार्बोनेट) को मूल्य ९७ हजार ५२४ भारु रहेको छ । एफएस फ्युल इन्जेक्टेड इन्जिन यूक्त बाइकको मूल्य भने १ लाख १ हजार ३५४ भारु रहेको छ ।
सन् २०२० को सुरुवातसँगै यी दुबै बाइकको अल न्यू मोडल ल्याउने तयारी गरेको हो । नयाँ आउने यी बाइकमा भारतीय प्रदुषण मापदन्ड बीएस–६ अनुसारको इन्जिन दिइने छ । त्यसको पावर लगायतका विषयमा अहिलेसम्म केही खुलाईएको छैन ।
सुजुकी मोटरसाइकलले आकर्षक डिजाइन र पफर्मेन्सका मोटरसाइकलको उत्पादन गर्दै आएको छ । भारतीय बजारमा आक्रमक बजार बिस्तार गर्ने सपना बुनेको कम्पनीले नयाँ मोडल उत्पादनलाई अगाडि बढाएको छ ।
नेपाली बजारमा पनि सुजुकीका दुइ पाङ्ग्रे सवारीसाधन बिक्री वितरणा हुँदै आएका छन् ।


