७ तस्विरमा हेर्नुस्, हुन्डाईको नक्शालमा बन्दै गरेको आकर्षक शोरुम

काठमाडौं । हुन्डाईले काठमाडौं नक्सालमा आफ्नो सुविधा सम्पन्न शोरुम निर्माण गरेको छ । हुन्डाईको नेपालको लागि आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल्स प्रालिले बनाएको उक्त शोरुमको आगामी बिहिवारबाट आधिकारीक शुभारम्भ गरिने कम्पनीले जनाएको छ ।

करिब ९ हजार ६०० स्क्वायरफिटमा निर्माण गरिएको यो शोरुम कम्पनीको नमुना शोरुमको रुपमा रहने छ । अत्याधुनिक सुविधासहित संचालनमा ल्याउन लागिएको उक्त शोरुमबाट हुन्डाईका गाडी किन्ने मानिसले गाडी खरिदको नयाँ अनुभव गर्न सक्ने छन् ।

हुन्डाईको ग्लोवल डिलरसिप स्पेश आईडेन्टीटी (जीडीएसआई) मा पूर्णत आधारित यो शोरुम ४ हजार एक सय स्क्वारफिटमा निर्माण भएको छ भने अन्य स्पेश पार्किङ लगायतको लागि छुट्टाइएको छ । 


Back_to_top