‘किया एसपी-२ आई’मा यस्तो रहनेछ इन्जिन र फिचर

किया मोटर्स इन्डियाले ‘एसपी-२ आई’ कम्प्याक एसयूभी परिमार्जित इन्जिन संस्करणमा सार्वजनिक गर्ने भएको छ । कम्पनीले बजारमा ल्याउने तयारी गरेको उक्त मोडलले हुन्डाई क्रेटा, निशान किक र टाटा ह्यारियरसँग प्रतिस्पर्धा गर्नेछ । 

कम्पनीले भारतको आन्ध्र प्रदेशस्थित अनन्तपुरमा स्थापना गरेको फ्याक्ट्रीबाट वार्षिक ३ लाग यूनिट गाडी उत्पादन गर्ने लक्ष्य बनाएको छ । उक्त प्लान्टमा अहिले परिक्षण उत्पादन भइरहेको कम्पनीले यसअघि नै जानकारी दिएको थियो । 

‘एसपी-२ आई’ मोडलमा स्लिम एलईडी हेडलाइट, सिग्नेचर टाइगर नोज ग्रिल, स्पोर्टी बम्पर विथ राउन्ड सेप फग लाइट्स, आरभीएमएस इन्र्टगेटेड टर्न सिङ्गनल, १७ इन्च मेसिन कट आलोय ह्वील, सबै पाङ्ग्रामा स्कि–ब्रेक दिएको छ भने, टल–पिलर, कम्प्याक रियर इन्ड होरिजेन्टल एलईडी टेल लाइट्स जस्ता आधुनिक फिचर दिइएको जनाएको छ । 

उक्त मोडलमा १.५ लिटर पेट्रोल र डिजेल पावरट्रेन दिइएको छ । उक्त इन्जिन भारतमा लागू हुने नयाँ इमिशन मापदन्ड बीएस–६ अनुसारको हुनेछ । यसलाई कम्पनीले म्यानुयल र अटोमेटीक दुबै गियर अप्सनमा ल्याउने छ । 

कम्पनीले यसको मूल्य निशान किक्स र हुन्डाई क्रेटा जस्तै ९ लाख ४९ हजार देखि १४ लाख भारतीय रुपैयाँसम्म तोक्ने अनुमान गरिएको छ । 


Back_to_top