केही समय अगाडिमात्रै पावरफुल स्कुटर एनटर्क १२५ सार्वजनिक गरेको टीभीएस कम्पनीले पुनः १५० सीसी क्षमतामा टीभीएस एनटर्क म्याक्सी स्कुटर निर्माण गर्ने भएको छ । यो स्कुटर कम्पनीले अटो एक्स्पो २०१४ मा प्रर्दशन गरेको म्याक्सी स्कुटर इएनटर्क २१० मा आधारित रहने छ ।
एनटर्क १५० फ्लेगशिप स्कुटर भएको कम्पनीले जनाएको छ यसमा फ्लेक्जिबल फुट फर्वाड पोजिशनसँगै आकर्षक डिजाइन दिइएको छ । यसमा स्मार्टफोन डकिंग स्टेशन, रिमोट किलेस इन्ट्री, स्वीच गियर, स्पीडोमिटर, बार इन्ड मिरर लगायतका कम्पोनेन्ट दिइएको छ । उक्त धेरै विशेषता भने १२५ एनटर्कबाट लिइएको हो ।
यसका साथै यो स्कुटरमा अल डिजीटल इन्स्ट्रुमेन्ट कन्सोल स्मार्ट कनेक्ट सिस्टम, स्मार्टफोन इन्र्टगेशनसंगै भिआईए ब्लुटुथ र टर्न बाइ टर्न नेभिगेसनको विशेषता दिइएको छ । इएनटर्क २१० मा उपलब्ध युएसडी फर्क जस्तै यो स्कुटरमा कन्भेक्शनल टेलिस्कोपिक फर्कको विशेषता दिइएको छ ।
आकर्षक डिजाइन, बडीसँगै विविध विशेषता उपलब्ध यस स्कुटरको मूल्य करिब ८० हजार भारु पर्ने आकलन गरिएको छ । यो म्याक्सी स्कुटरमा १५० सीसी एयरकुल्ड सिंगल सिलिन्डर इन्जिन फ्युल इन्जेक्टेड इन्जिन दिइएको छ । उक्त इन्जिनमा सिंगल च्यानल एबीएस युनिट लाग्ने छ ।


