काठमाडौं । महिन्द्राको निकै चर्चामा रहेको मल्टी प्रर्पोज भेहिकल (एमपीभी) नेपाली बजारमा सार्वजनिक हुने भएको छ । कम्पनीले यही फागुनको दोस्रो हप्ता सार्वजनिक गर्ने तयारी गरेको हो ।
महिन्द्राको नेपालको लागि आधिकारीक बिक्रेता अग्नी इनकर्पोरेटले मराजोलाई नेपाली बजारमा ल्याउन लागेको हो ।
महिन्द्रा मराजो कम्पनीको अहिलेसम्मको सबैभन्दा ठूलो प्यासेन्जर भेइकल हो जसलाई ७ र ८ सिट अप्सनमा बजारमा उपलब्ध गराइएको छ ।
मराजोका सबै भेरिएन्टमा एबीएस र इबीडी तथा ब्रेक असिष्ट, दुई एयरब्याग तथा चाइल्ड सिट लगायतका सुरक्षा फिचरहरु दिइएको छ ।
यो पनि पढ्नुस्: १० दिनपछि नेपाल आउँदै एक्सयूभी-३००, भारतमा भोलि सार्वजनिक हुने
मराजोको डिजाइन शार्क माछाबाट प्रेरित भएको र कारको केही भागहरु शिकारी माछाको रुपमा डिजाइन गरिएको कम्पनीको दाबी छ ।
मराजो कारको क्याविनको छतमा एयर कण्डिसनिङ भेन्ट सिस्टम जडान गरिएको छ भने कारको सेन्टर कन्सोलमा ठूलो टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम दिइएको छ । कारमा तीन स्पोक स्टेयरिङ ह्विल पनि जडान गरिएको छ, जुन अडियो, ब्लुटुथ टेलेफोर्निक र क्रुज कन्ट्रोलको साथमा आउनेछ ।
महिन्द्रा मराजोमा नयाँ १.५ लिटर, ४ सिलिन्डर डिजेल इन्जिन छ । यसले १२१ एचपी पावर र ३०० एनएम टर्क प्रदान गर्छ । इन्जिन म्यानुअल ट्रान्समिसनको साथमा उपलब्ध छ ।
यसको भारतीय बजारमा मूल्य ९ लाख ९९ हजार देखि १३ लाख ९० हजार भारुसम्म तोकिएको छ । तर, नेपाली बजारमा कति मूल्य पर्छ भन्ने विषयमा कक्पनीले केही जानकारी दिएको छैन ।

