हुन्डाईले आफ्नो चर्चित कार ग्रान्ड आई १० को अल न्यू मोडल ग्रान्ड आई १० नियोस एक महिनाअघि भारतीय बजारमा सार्वजनिक गरेको थियो । अब कम्पनीले उक्त मोडलमा पहिलेभन्दा धेरै पावरफुल इन्जिन अप्सनसहित ल्याउने भएको हो । यूरोपियन स्पेक ग्रान्ड आई १० नियोस अब भारतीय बजारमा समेत बिक्री गर्ने तयारी भइरहेको अटोकार इन्डियाले दाबी गरेको छ ।
यूरोपियन स्पेक आई १० नियोसमा १.० लिटर टर्बो इन्जिन रहेको छ । यसअघि बजारमा बिक्री वितरण भइरहेको ग्रान्ड आई १० नियोसमा १.२ लिटर, फोर सिलिन्डर इन्जिन दिइएको थियो । उक्त इन्जिनले ८३ बीएच पावर प्रदान गर्नेछ ।
अब नयाँ आउने इन्जिन १.० लिटर टर्बो चार्ज्ड थ्री सिलिण्डर पेट्रोल हुने छ । यसले कम्तिमा १०० बीएच पावर प्रदान गर्ने जनाइएको छ । यसमा कम्पनीले फाइभ स्पीड म्यानुयल गियरबक्स दिने अनुमान गरिएको छ ।
उक्त इन्जिनमा आउने नियोस निकै स्पोर्टी लुक्समा आउने छ । कम्पनीले यसको इन्टेरियर अल व्ल्याक थिममा वेसस्पोक अलोय ह्वीलमा आउने छ । यसलाई कम्पनीले फ्याङ्फट अटो शोमा केही दिनअघि शोकेस गरेको थियो ।
भारतीय बजारमा यूरोपियन स्पेक नियोसको मूल्य ८ लाख भारु तोकिने अनुमान गरिएको छ । नेपाली बजारमा नियोस २०२० को सुरुवातसम्ममा बिक्री सुरु हुने अनुमान गरिएको छ ।


