हिरोको एक्सपल्स-२०० नेपालमा सोल्डआउट, यस्तो छ मूल्य

काठमाडौं ।  हिरो मोटो कर्पको लागि नेपालको आधिकारिक विक्रेता जनरल मार्केटिङ (एनजीम)ले नाडा अटो शो २०१९ मा सार्वजनिक गरेको एडभेन्चर मोटरसाइकल एक्सपल्स–२००ले निक्कै राम्रो बजार पाइरहेको छ ।  नेपाली बजारमा दशैंको अवशरमा बिक्र गर्न ल्याइएको मोटरसाईकल पुरै सोल्ड आउट भएको कम्पनीले जनााएको छ । अटो शोमै सार्वजनिक भएको अर्काे बाइक एक्सपल्स–२०० टीले पनि राम्रो बजार पाइरहेको कम्पनीले जनाएको छ ।

कम्पनीको अपेक्षाभन्दा धेरै बुकिंग र बिक्री भएको यो मोटरसाइकल हाल, ब्ल्याक अलरमा मात्रै केही यूनिट बाँकी रहेको कम्पनीले जनाएको छ । बुकिंग गरेका ग्राहकलाई दशैंपछि मात्रै बाइक उपलब्ध गराउन सक्ने कम्पनीको भनाई छ । 

कम्पनीले एक्सपल्स २०० को मूल्य ३ लाख ८५ हजार र एक्सपल्स २०० टीको ३ लाख ३२ हजार रुपैयाँ तोकेको छ । 

के छ त विशेष ?

नेपाली बजारमा एडभेन्चर मोटरसाइकलको बजार बिस्तार हुँदै गएसँगै कम्पनीले आफ्नो पहिलो एडभेन्चर मोटरसाइकल बजारमा ल्याएको हो । मोर्डन रेट्रो र फङ्सनल डिजाइनमा निर्माण गरिएको एक्सपल्स मोटरसाइकलमा आकर्षक फ्युल ट्यांकी लगाइएको छ । 

राउन्ड हेडल्याम्प, आर्कषक टेलाइट, इन्जिन किल स्विच, रियर ग्राब रेल, फ्रन्ट साइडमा लगाइएको विन्ड स्क्रिनले मोटरसाइकललाई निक्कै आकर्षक बनाएको छ । साथै, कम्पनी यो बाइकलाई फ्युल इन्जेक्टेड र कार्बोरेट दुबै इन्जिनमा उपलब्ध गराएको छ ।

कम्पनीले यी दुई बाइकमा २०० सीसी, लिक्वीड कुल सिङ्गल सिलिन्डर टु भल्भ इन्जिन दिएको छ । उक्त इन्जिनले १८.१ बीएच पावर र १७.१ एनएम टर्क प्रदान गर्छ । यसमा फाइभ–स्पीड गियरबक्स जडान गरिएको छ ।

एक्सपल्स–२०० एडभेन्चर मोटरसाइकल हो । यसमा हाई स्ट्रेन्थ स्टिलको बडी फ्रेम, अगाडि २१ इन्चको स्पोक ह्वील, पछाडिमा १८ इन्चको ह्वील लगाइएको छ ।  यसमा डबल प्रपोज टायर, आल्मुनियम ब्यास प्लेट, नकल गार्ड, हाई माउन्ट मडगार्ड लगायतका विशेषता दिइएको छ । यस्तै यसमा २२० एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ भने ८२५ एमएम सिट हाइट दिइएको छ ।

बाइकको अगाडिको चक्कामा ३७ एमएम टेलिस्कोपिक फर्कसँगै १९० एमएम स्ट्रोक र रियरमा १० स्टेप एडजस्टेबल ग्यास चार्ज मनोशक युनिट लगाइएको छ । पछाडिको चक्कामा भने १७० एमएम ट्राभल युनिट लगाइएको छ ।  

दुबै मोडलमा समान प्रकारको सेट अप, अलबिट, लेसर ट्राभल, रियर मनोशक, अगाडि २७६ एमएम पेटल डिस्क र पछाडि २२० एमएम डिस्क ब्रेक दिइएको छ । यी दुबै मोटरसाइकलमा सिंगल च्यानल एबीएस उपलब्ध रहेको छ । मोटरसाइकलमा स्मार्ट फोन कनेक्टीभिटीको विशेषता समेत दिइएको छ । जसअन्तर्गत, डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, टर्न बाइ टर्न नेभिगेसन, कल अलर्ट, एसएमएस रिडआउट, एलसीडी कन्सोल, गियर इन्डिकेटर, ट्रिप मिटर, सर्भिस रिमाइन्डरजस्ता विशेषता समेटिएको छ ।


Back_to_top