ल्यान्डक्रुजरको भन्दा शक्तिशाली इन्जिन भएको मोटरसाइकल

कम्पनीहरुको शौखपनि अचम्मको हुन्छ । विश्व रेकर्ड बनाउन ठूला उत्पादन गर्ने धेरै उदारण हामीसामु छन् । तर, ति सबै ठूला उत्पादन प्रयोगमा आउने छन् भन्ने हुँदैन । 

तर, संसारकै ठूलो मोटसाइकलको रुपमा गिनिज बुकमा नाम लेखाएको मोटरसाइकल भने व्यवसायीक रुपमा उत्पादन भइरहेको छ । 

जर्मनको गाडी निर्माण गर्ने कम्पनी क्लेमेन्स एफ लियोनहार्टले विश्वकै ठूलो मोटरसाइकल बनाएर नाम लेखाएको छ । कम्पनीले आकर्षक डिजाइन, विशाल लुक्स र दमदार इन्जिनको साथ ‘लियोनहार्ट गनबस ४१०’ मोटरसाइकल प्रस्तुत गरेको छ ।

चल्तीको मोटरसाइकलको तुलनामा यो निकै हेभी रहेको भएपनि  व्यवसायिक रुपमा उत्पादन गरिएको अहिलेसम्मकै ठूलो मोटरसाइकल हो यो । मोटरसाइकल कुदाउन भने त्यति सजिलो छैन, यसका लागि खास प्रशिक्षण लिनुपर्ने वताइएको छ । 

आकार ठूलो हुनका साथै यस मोटरसाइकलको तौल पनि धेरै छ । लियोनहार्ट गनबस ४१० मोटरसाइकलको तौल ६ सय ५० केजी रहेको छ । जुन सामान्य मोटरसाइकलको तुलनामा ५ गुना वढी हो ।

यसमा ६,७२८ सीसी क्षमताको इन्जिन प्रयोग गरिएको छ भने थ्री स्पीड ट्रान्समिसन दिइएको छ । यो मोटरसाइकलमा व्याक गियरसमेत उपलब्ध रहेको छ । उक्त इन्जिनले ३५० पीएस र ७१० एनएम टर्क जेनेरेट गर्छ । यसको अगाडिको टायर ३८ इन्चको छ भने पछाडिको टायर ४२ इन्चको छ ।


Back_to_top