काठमाडौं । गल्फ लुब्रिकेन्टको नेपालका लागि आधिकारिक उत्पादक तथा वितरक नेपाल ल्युब आयलले एड्भान्स क्लब्ड स्किम अन्तर्गत कम्पनीको आधिकारीक रिटेलर सुबुरा इम्पेक्सलाई सुजुकीको भिटारा ब्रेजा गाडी प्रदान गरेको छ ।
मंगलबार काठमाडौंमा भएको एक कार्यक्रममा बीच नेपाल ल्युब आयलका डेपुटी जनरल म्यानेजर दिवाकर मिश्रले सुबुरा इम्पेक्सका प्रोपाइटर रामेश्वर घिमिरेलाई गाडीको चाबी हस्तान्तरण गरेका थिए ।
नेपाल ल्युबले निरन्तर रुपमा विभिन्न योजनाहरु प्रदान गर्दै आएको छ । यसै सिलसिलामा २०७६/२०७७ तथा २०७७/२०७८ को २ वर्षको आवधि भित्र आफ्ना रिटेलरहरुले टार्गेट पूरा गरेको खण्डमा एड्भान्स क्लब्ड स्किम अन्तर्गत समावेश गर्ने गरी सम्झौता गरेको छ ।
नेपाल ल्युबले टु ह्वीलर रिटेलर स्किम तथा जीइओ तथा डीईओ रिटेलर स्किमको लागि पनि १ वर्षे सम्झौता गरेको छ ।


