आजबाट नेपालमा दुई नयाँ एसयूभी र एक पीकअप विक्री सुरु हुँदै

काठमाडौं । करिब १० पछि चिनियाँ ब्राण्ड ग्रेटवालका उत्पादन नेपालमा विक्री सुरु भएको छ । केही दिनअघि नै ग्रेटवालका उत्पादन नेपाल आएको भएपनि आजबाट यसको आधिकारीक विक्री सुरु हुन लागेको हो ।

विशाल ग्रुप अन्तर्गतको भिजी इम्पेक्स प्रालिले नेपाल ल्याएको ग्रेटवाल मोटर्स अन्तर्गतको हावल र ग्रेटवालका ३ मोडल आजबाट आधिकारीक रुपमा विक्री सुरु हुन लागेको हो ।

कम्पनीले काठमाडौंको थापाथलीमा शोरुम निर्माण गरेको छ । उक्त शोरुममा अहिले ग्रेटवालको पोयर पीकअप र हावलको जोलीयन र एच सिक्स एसयूभी राखिएको छ ।

कम्पनीले ल्याएको हावल जोलीयन कम्प्याक्ट एसयूभी हो । यसमा १.५ लिटर टर्बो पेट्रोल इन्जिन रहेको छ । उक्त इन्जिनले अधिकतम १४० हर्स पावर र २१० एनएम टर्क प्रदान गर्छ । यसमा ६ स्पीड म्यानुअल तथा ७ स्पीड डिसीटी अटोमेटिक गियरबक्स रहेको छ । यसको तीन भेरियन्ट नेपालमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

कम्पनीले ल्याएको अर्को एसयूभी हाभल एच सिक्स हो । यस एसयूभीमा २.० लिटरको टर्बो पेट्रोल इन्जिन रहेको छ । उक्त इन्जिनले अधिकतम २२४ हर्सपावर तथा ३८५ एनएम टर्क उत्पादन गर्छ । यसमा ९ स्पीडको ड्यूल क्लच ट्रान्समिसन दिइएको छ ।

ग्रेटवाल पोयर पीकअप पनि काठमाडौं आएको छ । यस पीकअपमा २.० लिटरको टर्बो चार्ज्ड डिजल इन्जिन रहेको छ । जसले १६० हर्स पावर तथा ४०० एनएम टर्क उत्पादन गर्छ । यी सबै गाडीको मूल्य कम्पनीले आज बेलुका सार्वजनिक गर्ने जनाएको छ ।


Back_to_top