होन्डा ग्राजियाको फेसलिफ्ट मोडल नेपालमा विक्री सुरु, यस्तो छ मूल्य

काठमाडौं । होन्डा ग्रजियाको फेसलिफ्ट मोडल नेपाली बजामा विक्री सुरु भएको छ । कम्पनीले बीएस ६ होन्डा ग्राजिया नेपाली बजारमा विक्री सुरु गरेको हो ।

नेपालको लागि होन्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङले बीएस ६ भर्सनको होन्डा ग्राजिया आजदेखि विक्री सुरु गरेको हो ।

ग्राजिया बीएस ६ भर्सनमा यसको ग्राफिकसहित केही सामान्य परिर्वतन गरिएको छ । यसमा नयाँ एलइडी हेडल्याम्प तथा टेलल्याम्प पाउन सकिन्छ । त्यस्तै यसमा अल न्यू डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर दिइएको छ । उक्त क्लष्टरमा रियल टाइम माइलेज, ट्रिप मिटर, एभरेज माइलेज जस्ता फिचर थप गरिएको छ ।

ग्राजियामा १२४ सीसी, सिंगल सिलिन्डर, एफआई, फ्यान कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले ६००० आरपीएममा ८ बीएच पावर तथा ५००० आरपीएममा १०.३ अधिकतम टर्क जेनेरेट गर्छ ।

यो स्कुटरमा ५.३ लिटरको फ्युल ट्याङक दिइएको छ भने यसले ५४ किलोमिटर प्रितिलिटर माइलेज दिने कम्पनीको दावी रहेको छ । यो स्कुटरको फ्रन्टमा टेलिस्कोपीक र रियरमा थ्री स्टेप एड्जष्टएबल स्प्रीङ लोडेड हाइड्रोलिक सस्पेन्सन रहेको छ । होन्डा ग्राजिया दुई भेरियन्टमा उपलब्ध रहेको छ । ड्रम ब्रेक भएको भेरियन्टको मूल्य २ लाख ६९ हजार ९०० र डिस्क भेरियन्टको मूल्य २ लाख ८९ हजार ९०० रुपैयाँ रहेको छ ।

यसअघि विक्री हुँदै आएको बीएस ४ इन्जिनयुक्त ग्राजियाको ड्रम भेरियन्टको मूल्य २ लाख २४ हजार ९०० रुपैयाँ र डीएसएसको मूल्य २ लाख ४७ हजार ९०० रुपैयाँ रहेको थियो ।

नयाँ अपग्रड भएको इन्जिनको कारण स्कुटरको मूल्यमा व्यापक वृद्धि भएको हो । यसको सिधा प्रतिस्पर्धा टीभीएस एनटर्कसँग हुने अनुमान गरिएको छ । टीभीएसले पनि बीएस ६ इन्जिनमा एनटर्क विक्री सुरु गरेको छ ।


Back_to_top