टीभीएसले ल्यायो ‘गोल्डेन की’ अफर, १० लाखसम्म छुट पाइने

काठमाडौं । टीभीएसको मोटरसाइकल तथा स्कुटरमा दशैं लक्षित विशेष चाडपर्व अफर सार्वजनिक भएको छ ।

नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले चाडपर्व लक्षित ‘टीभीएस गोल्डेन की’ योजना सुरू गरेको हो ।

कम्पनीका अनुसार गहकले यस योजना अन्तर्गत १० लाख रुपैयाँसम्म नगद छुट, गोल्ड की वा खरिद मूल्यको १०० प्रतिशतसम्म क्यासब्याक मध्ये एक पुरस्कार जित्ने अवसर पाउने छन् ।

साथै, कम्पनीले हरेक खरिदमा स्योर सट उपहार पनि उपलब्ध हुने जनाएको छ । योजनामा सहभागी ग्राहकका लागि दैनिक लक्की ड्रको व्यवस्था गरिएको छ । यसअन्तर्गत हरेक दिन दुई जना भाग्यशाली ग्राहकले ५ वर्षसम्म निःशुल्क सर्भिस प्राप्त गर्ने अवसर पाउनेछन् ।

नयाँ टीभीएस मोटरसाइकल वा स्कुटर खरिद गर्न चाहने ग्राहकलाई सहज बनाउन कम्पनीले सजिलो फाइनान्स सुविधा पनि उपलब्ध गराएको छ । जसमा ग्राहकले आफ्नो ड्राइभिङ लाइसेन्स र नागरिकता मात्रै बुझाए पुग्छ ।

यो अफर नेपाल भर रहेका टीभीएसको आधिकारिक शोरुमहरूमा मात्रै लागू हुने छ ।


Back_to_top