ग्रेटवालले सुरु गर्‍यो नेपालमा प्रचार, सबैभन्दा सस्तो इलेक्ट्रीक कार नेपाल आउने

काठमाडौं । ग्रेटवाल मोटरको लागि नेपालको आधिकारीक वितरक भिजि इम्पेक्सले शोसल मिडियामा प्रचार सुरु गरेको छ । कम्पनीले ग्रेटवाल मोटर्सको आधिकारीक फेसबुक पेजको रुपमा ‘जीडब्ल्यूएम नेपाल’ (GWM Nepal) संचालनमा ल्याएको हो ।

कम्पनीले बनाएको फोसबुक पेजमा ग्रेटवाल मोटर्सको पुराना मोडलको तस्विर राख्नुको साथै, ग्रेटवाल र हावलका विभिन्न पाटोहरुलाई उल्लेख गरिएको छ ।

ग्रेटवाल नेपाल ल्याउन थुप्रै व्यवसायीक समूह लागेको भएपनि अन्त्यमा विशाल ग्रुप अन्तर्गतको भिजि इम्पेक्सले डिलर सिप पाएको थियो । अब कम्पनीले ग्रेटवाल मोटर्स अन्तर्गत रहेका ग्रेटवाल र हावल ब्राण्डका गाडी नेपाली बजारमा ल्याएर विक्री गर्ने छ ।

कहिलेसम्ममा नेपाली बजारमा ग्रेटवालका उत्पादन आउने छ भन्ने विषयमा कुनै जानकारी प्राप्त नभएपनि ग्रेटवालको चर्चित इलेक्ट्रीक कार ओरा आर १ भने नेपाल आउने आधिकारीक स्रोतले जानकारी दिएको छ । यसको साथै, कम्पनीले हावल ब्राण्डका एसयूभी नेपाली बजारमा ल्याउने जनाएको छ ।

संसारकै सस्तो मध्येको एक इलेक्ट्रीक कारको रुपमा नेपाल आउने ओरा आर १ धेरै नेपालीले प्रतिक्षा गरेको मोडलमा पर्छ । साथै, ग्रेटवालका पीकअप र हावलका एसयूभीले पनि धेरैलाई तान्ने अनुमान गरिएको छ ।

कम्पनीले आधिकारीक रुपमा यसको लञ्चिङ गर्ने समयमको जानकारी नदिएको भएपनि सम्भवत जुलाई अन्तिमसम्ममा यसको विक्री सुरु हुने अनुमान गरिएको छ ।


Back_to_top