यस्तो छ ग्रेटवालले नेपाल ल्याएको तीन मोडलका ६ भेरियन्टको मूल्य

काठमाडौं । ग्रेटवाल मोटर्सको आधिकारीक वितरक भिजी इम्पेक्सले तीन नयाँ मोडेलका गाडीहरुको नेपालमा विक्री सुरु गरेको छ । कम्पनीले दुई एसयूभी र एक पीकअप बजारमा ल्याएको हो ।

कम्पनीले नेपाल ल्याएको सबैभन्दा महंगो मूल्यको हावल एच सिक्सहो । २.० लिटर टर्बो पेट्रोल इन्जिनमा रहेको यो एसयूभी निकै फिचर लोडेड रहेको छ ।

यसमा रहेको पेट्रोल इन्जिनले अधिकता २०४ पीएस पावर र ३२० एनएम टर्क प्रदान गर्छ । उच्च ग्राउन्ड क्लीयंरेन्स हाइ स्ट्रेन्थ स्टीलको प्रयोग गरिएको छ ।

पानोरामिक सनरुफ, अटो वाईपर, ८ वटा एयरव्याग, ३६० डिग्री क्यामेरा, हिल होल्ड कन्ट्रोल, एन्टी–कोलिजन सिस्टम यसको अर्को आकर्षण हो । कम्पनीले यसको मूल्य ९६ लाख ९९ हजार ९९९ रुपैयाँ कायम गरेको छ ।

हावल ब्राण्डको कम्प्याक्ट एसयूभी जोलायन निकै आकर्षक फिचर सहित बजारमा आएको छ । १.५ लिटर टर्बो इन्जिनमा उपलब्ध रहेको जोलायनमा पनि कम्पनीले ७३ प्रतिशत हाइ स्ट्रेन्थ स्टीलको प्रयोग गरेको छ ।

१४९ पीएस पावर र २२० एनएम टर्क रहेको जोलायन म्यानुयल र अटोमेटिक गियरबक्समा उपलब्ध रहेको छ । प्याडल सिफ्टर, मल्टी फङ्गसनल स्टेरिङ ह्वील, पानोरामिक सनरुफ, लेदर सिट, विभिन्न किसिमका सुरक्षा फिचर यसको मुख्य आकर्षण हो ।

निलो, कालो, ग्रे, सेतो र रातो गरी विभिन्न पाँच वटा कलर अप्सनमा उपलब्ध जोलाइनको सुरुवाती भेरियन्टको मूल्य ५५ लाख ४९ हजार ९९९ रुपैयाँ तोकिएको छ । त्यसैगरी, यसको म्यानुयलमा हाइ भेरियन्टको मूल्य ६१ लाख ४९ हजार ९९९ रुपैयाँ र अटोमेटिक भेरियन्टको ६५ लाख ४९ हजार ९९९ रुपैयाँ कायम भएको छ ।

कम्पनीले आजै सार्वजनिक गरेको पोयर पीकअप दुई भेरियन्टमा उपलब्ध रहेको छ । २.० लिटरको डिजल इन्जिन भएको यस पीकअपले १६३ पीएस पावर र ४०० एनएम टर्क प्रदान गर्छ । यस पीकअपको इलाइट भेरियन्टको मूल्य ६४ लाख ९९ हजार ९९९ रुपैयाँ रहेको छ भने पाइलट भेरियन्टको मूल्य ६६ लाख ९९ हजार ९९९ रुपैयाँ रहेको छ ।


Back_to_top