विश्व चर्चित मोटरसाइकल हार्ले डेभिडसन मूल्यका कारण संसारभर चर्चामा रहने कम्पनी हो । अझ पछिल्लो समय अमेरिकी राष्ट्रपति डोनाल ट्रम्पले अमेरिका बाहिर प्लान्ट स्थापना गरे कारवाही गर्ने चेतावनी पछि यो कम्पनी चर्चाको शिखरमा रहेको छ ।
कुनै समय कम्पनीले आफ्नो एउटा कस्मीक क्रुजर एआरटी बाइकमा विश्वकै महंगो पेन्टिङ्ग गराएर चर्चा बटुलेको थियो । अहिले उक्त बाइक ३० लाख डलर अर्थात् करिब ३४ करोड नेपाली रुपैयाँमा बिक्री भएको छ । पेन्ट गराइएको बाइकको मूल्य भने ६ लाख डलरमात्र रहेको थियो ।
विश्वका प्रख्यात आर्टिस्ट ज्याक आर्मस्ट्रङले पेन्ट गरेको यो बाइक करिब ८ वर्ष अगाडि पहिलो पटक क्यालिफोर्निमामा सार्वजनिक गरिएको थियो । क्यालिफोर्निमामा भएको एक समारोहमा ज्याक आर्मस्ट्रङले सबैभन्दा पहिले यो बाइकको परिचय गराएका थिए ।
ज्याक आर्मस्ट्रङ मोडल पनि हुन् । उनले आफ्नो स्टाइलिस स्टन्टको तरिकाले यो बाइकको पहिलो झलक सार्वजनिक गरेका थिए । ज्याक आर्मस्ट्रङले यसलाई पेन्ट गरेवापत १९ लाख डलर अर्थात् २१ करोड नेपाली रुपैयाँ पारिश्रमीक लिएका थिए ।


