काठमाडौं । टोयोटा मोटर्स थाइल्यान्डले हार्इलक्सलाई नयाँ इन्जिनको साथ बजारमा ल्याउने भएको छ ।
कम्पनीले यसअघि २.८ लिटर डिजेल टर्बो चार्ज्ड इन्जिनमा उत्पादन गदै आएको उक्त गाडीलाई अब २.४ लिटर इन्जिन अप्शनमा समेत उत्पादन सुरु गरेको छ । यसअघिको हार्इलक्समा दिइएको २७५५ सीसीको इन्जिनले १७७ बीएचपी पावर उत्पादन गर्छ भने नयाँ २.४ लिटर इन्जिनले १५० बीएचपी पावर प्रदान गर्ने छ ।
कम्पनीले थाइल्यान्डमा यसलाई रेवको नामले बिक्री वितरण गर्दै आएको छ । तर, नेपाली बजारमा पनि हाइलक्स थाइल्यान्डबाट नै आउने गरेको भएपनि यसलाई नेपाली बजारमा हार्इलक्सकै नामले विक्री वितरण गरिन्छ ।
पुरानो हार्इलक्सको तुलनामा केहि पावर घटाएर ल्याईएको रेवले उत्कृष्ट ड्राइभिङ पफर्मेन्श दिने कम्पनीको दाबी छ । हाइलक्स रेवमा ६ स्पीड म्यानुयल गियरबक्स लगाइएको छ । यसलाई कम्पनीले सिंगल क्याब र डबल क्याबगरी दुई भेरिएन्टमा बजारमा ल्याउने छ । यो नयाँ इन्जिनको रेवमा कम्पनीले पहिलोपटक टी कनेक्टेड टेलीम्याटिक्स जडान गरेको छ ।
नेपालको लागि टोयोटाको आधिकारी वितरक युनाईटेड ट्रेर्डस सिन्डिकेटका अनुसार २.४ लिटर सेग्मेन्टको टोयोटा हार्इलक्स (रेव) २०१९ मा नेपाली बजारमा ल्याउने प्रयास भइरहेको जनाएको छ ।


