काठमाडौं । अमेरिकी मोटरसाइकल ब्राण्ड हार्ले डेभिडसनको उत्पादनहरु नेपाली बजारमा आधिकारिक बिक्री–वितरण सुरु भइसकेको छ । आईएमई ग्रुप अन्तर्गतको आईएमई अटोमोटिभ्स मातहत सञ्चालित हार्लेको विश्व स्तरीय मापदण्डमा रहेर निर्माण भएको शोरुम राजधानीको ग्रैरीधारामा रहेको छ ।
सेल्स, सर्भिस, पार्टस तथा एसेसरिज र मर्चेन्डाइज गरी चार भिन्न जोनहरुलाई आकर्षक रुपमा पेश गरेर कम्पनीले हार्लेको अन्तर्राष्ट्रिय छवि नेपाली बजारमा दिन सफल भएको छ ।
नेपालमै पहिलो पटक विल्कुलै नयाँ सोच र सेवाको आभाष हुने हार्लेको उक्त शोरुममा ग्राहकहरुको सहजतालाई ध्यानमा राखी कफी कर्नर कन्सेप्टको सुरुवात गरेको छ ।

Attitude, Freedom, Brotherhood & Excite को मुल नारासहित अघि बढेको उक्त लिजेन्ड्री बाइकको हाल नेपालमा २० देखि २५ जना राइडर छन् । कम्पनीले आफ्नो दायित्व अनुरुप यी मध्ये १५ बाइकधनीलाई सन्तोषजनक रुपमा बिक्री पछिको सेवासमेत उपलब्ध गराइरहेको छ ।
भारतबाट घुम्न आउने हार्लेका राइडरहरुलाई पनि कम्पनीले सेवा दिई रहेको छ । यसले कम्पनीको विश्वसनियतामा ठूलो सहयोग पुगेको हार्ले यूनिटका महाप्रबन्धक उज्वल जोशीले बताए ।
हरेक राइडरको चाहाना भनेको आफुलाई समाजमा होस या सडकमा विशेष रुपमा प्रस्तुत गराउने हुन्छ । बाइक राइडिङ आफैमा एउटा प्रतिष्ठाको बिषय बन्दै गइरहेको यो समयमा हार्लेको नेपाली बजारमा आगमनले युवा राइडरहरुमा नौलो आयाम ल्याएको जोशीले दाबी गरे ।
आफूलाई एउटा छुट्टै रुपमा प्रस्तुत गराउन चाहने र बाइकिङमा छुट्टै प्रकारको शोख राख्ने हार्लेका विशेष ग्राहकहरु हुन् । साथीभाईसँग छुट्टै सम्बन्ध कायम गरी भाइचाराको आभाष दिने राइडर भेला तथा विशेष राइड गर्ने शोख यी राइडरहरुमा रहेको पाईन्छ ।

नेपालमा समेत आईएमई अटोमोटिभ्सले यही ट्रेन्डलाई जारी राख्ने योजना बनाई रहेको र भविष्यमा यसबाट आन्तरिक पर्यटन र वाह्य पर्यटनमा समेत टेवा पुग्ने विश्वास राखेको जोशी बताउँछन् ।
हाल नेपाली बजारमा हार्लेको एउटा मोडलमात्र उपलब्ध रहेको छ । कम्पनीले निकट भबिष्यमा नै इन्ट्री लेवलका नयाँ २ मोडलका बाइक भित्र्याउने तयारीसमेत थालेको छ ।
नेपाली बजारमा बिक्री वितरण भइरहेको आइरन ८८३ विभिन्न ४ कलरमा उपलब्ध रहेको छ ।
आइरन ८८३ मा एयरकुल्ड ८८३ सीसीको इभोलुसन इन्जिन, फाइन नाइन सस्पेन्सन, टक एन्ड रोल सिट, इगल एन्ड आइरन सिल्ड ग्राफिक्स, चप्ड रियर फेन्डर, ब्ल्याक स्ट्यागर्ड सर्ट एक्जस्ट विथ ड्युअल मफलर, १९ इन्च ब्ल्याक ९ स्पोक विथ मेसिन हाइलाइट आदि रहेका छन् ।
यसका साथै कम्पनीले ग्राहकको चाहना अनुरुप स्टाइल र पर्फमेन्सलाई बुस्ट गर्न सहयोग पु¥याउने पार्टस र एसेसरिजहरु पनि उल्लेखनीय रुपमा नेपाली बजारमा बिक्री गरिरहेको छ ।

त्यसैगरी हार्लेका पोशाक (मर्चेन्डाइज) तथा राइडिङ गियरहरु समेत कम्पनीले एउटै छानामुनि सरल रुपले उपलब्ध गराइरहेको छ ।
अन्तर्राष्ट्रिय स्तरको वर्कशप
कम्पनीले बिक्री पछिको सेवालाई मध्यनजर गर्दै अत्याधुनिक सुबिधा सम्पन्न वर्कशपसमेत संचालनमा ल्याएको हो । जसमा बिदेशबाट तालिम लिएका दक्ष टेक्निशियनहरुले हार्लेका बाइकको मर्मत गर्ने छन् ।
सर्भिसका लागि आएका बाइकहरु इन्ट्री गराएपछि सुरुमा वास गरेर लिफ्टबाट माथि वर्कशपमा पुर्याइन्छ र तालिमप्राप्त इन्जिनियर तथा टेक्निशियन द्धारा मर्मत गरिन्छ । हार्लेका पुराना ग्राहकले यसअघि पैसा खर्च गरेरसमेत बाइक मर्मतमा कठिनाई भोग्दै आएका थिए । अब भने नेपालमा नै सुविधासम्पन्न सर्भिस लिन पाउने छन् ।

विश्वयुद्धसँग इतिहास जोडिएको बाइक चढ्ने सपना जो कोही राइडरको नहोला भन्न सकिन्न । संसारभर मूल्यको भन्दा प्रतिष्ठाको रुपमा हार्लेलाइ हेर्ने गरिन्छ । नेपाली बजारमा समेत हार्लेले निकट भबिष्यमा नै इन्ट्री लेवलको बाइक भित्र्याएर हरेक नेपाली बाइक पारखीको चाहानालाई पुरा गराउन महत्वपुर्ण भुमिका निर्वाह गर्ने कम्पनीले दाबी गरेको छ ।

