हस्कभर्नाले देखायो पहिलो इलेक्ट्रीक मोटरसाइकल ‘इ-पिलियन’को कन्सेप्ट

काठमाडौं । स्वीडीस कम्पनी हस्कभर्ना पनि इलेक्ट्रीक सवारी उत्पादनमा प्रवेश गर्ने भएको छ । कम्पनीले इलेक्ट्रीक मोटरसाइकल इ-पिलियनको कन्सेप्ट जारी गर्दै आफु विद्युतीय मोटरसाइकल उत्पादनमा लागेको जानकारी दिएको हो ।

आफ्नो चर्चित मोडल भिट्पिलियन र स्भर्टपिलियनबाट प्रेरित रहेको यो नयाँ इलेक्ट्रीक मोटरसाइकलसँगै हस्कभर्ना सहरी क्षेत्रको उपयुक्त साधन निर्माणमा जुटेको देखिन्छ । कम्पनीले जारी गरेको स्केचमा इ-पिलियन निकै आकर्षक डिजाइनमा देखिएको छ ।

प्रोग्रेसिभ डिजाइन फिलोसोपीमा आधारित रहेर डिजाइन भएको यो इलेक्ट्रीक मोटरसाइकलमा एक्सपोज ट्रेल्स फ्रेम, वाइड ह्याण्डलवार, राउन्ड हेडल्याम्प, ट्याङ्क र्याक, अगाडि इभर्टेट फर्क, पछाडि मोनोशक सस्पेन्सन दिइएको छ ।

एक पटकको फुल चार्जमा १०० किलोमिटर चलाउन सकिनेगरि यसको व्याट्री डिजाइन गरिएको छ । यद्यपी यसमा रहेको व्याट्री क्षमता लगायतको विषयमा कम्पनीले कुनै जानकारी दिएको छैन ।

हस्कभर्नाका उत्पादन अघिल्लो वर्षदेखि नेपाली बजारमा पनि विक्री वितरण हुँदै आएको छ । नेपाली बजारमा हस्कभर्नाको उत्पादन हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिले विक्री गर्दै आएको हो ।


Back_to_top