चालक र सहचालकको सडकमै स्वास्थ्य चेकजाँच

काठमाडौं । ट्राफिक प्रहरीले चालक, सहचालक र यात्रुका लागि सडकमै स्वास्थ्य शिविर संचालन गरेको छ ।

ट्राफिक प्रहरी प्रभाग एयरपोर्टले तिलगंगा आँखा अस्पताल र केएमसी अस्पतालको विशेष सहकार्यमा स्वास्थ्य शिविर संचालन गरेको हो ।

उक्त कार्यक्रमा चालक, सहचालक र यात्रुहरु गरी १५० जनाले आँखा तथा बीपी चेकजाँच गराएको ट्राफिक प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२’ अन्तर्गत हाल विभिन्न कार्यक्रम संचालन गरिरहेको छ ।


Back_to_top