काठमाडौं । गुणस्तर तथा नापतौल विभागले हालै हेल्मेटको राष्ट्रिय गुणस्तर मापदन्ड पारित गरेको छ । नेपालमा बढ्दै गएको मोटरसाइकल, सडक दुर्घटना न्यूनीकरण गर्न हेल्मेट मापदण्ड पारित गरिएको हो । यसको साथै विज्ञहरुले नेपाल गुणस्तर चिन्ह नभएका हेलमेट लगाउनेलाई कारवाही गर्न माग गरेका छन् ।
नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा)को आयोजनामा सम्पन्न भएको मोटरसाइकल सुरक्षामा मिडियाको भूमिका विषयक अन्तरकृया कार्यक्रममा हेल्मेट लगाउनु आवश्यक रहेको र त्यसका लागि सुरक्षीत हेलमेटको झनै आवस्यक रहेको नापतौल विभागका निर्देशक मणिराम भुसालले बताए ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका आयुक्त वसन्त पन्त, अर्थोपेडिक सर्जन डा. मुक्ति तिमल्सिना, नासाका ट्रान्सपोर्ट को–अर्डिनेटर आशिष गजुरेलले प्रस्तुति गरेका थिए ।
फेडेरेसन इन्टरनेसनल डेल मोटर साइक्लिजम (एफआईएम) सँगको सहकार्यमा सम्पन्न सो कार्यक्रममा सडक सुरक्षा, मोटरसाइकल सुरक्षा, राष्ट्रिय मोटरसाइकल सम्मेलन तथा नासाका आगामी सुरक्षा योजना समेत प्रस्तुत गरिएको थियो ।


