जीपले जेनेभा मोटर शोमा कम्पास र रेनेगेडको प्लगइन हाइब्रिड मोडल सार्वजनिक गरेको छ । कम्पनीले मोटर शोमा आफ्नो पहिलो हाइब्रिड मोडल प्रदर्शनमा ल्याएको हो ।
कम्पनीले रेनेगेडमा १.३ लिटर टर्बाेचार्ज्ड पेट्रोल इन्जिन लगाइएको छ । उक्त इन्जिनले कति पावर उत्पादन गर्छ भन्नेबारे कम्पनीले कुनै जानकारी दिएको छैन ।
यसमा उपलब्ध इन्टरनल कम्बस्चन इन्जिनले भने १९० देखि २४० पीएस पावर उत्पादन गर्ने छ । यसमा दिइएको इन्टरनल कम्बस्चन इन्जिन र इलेक्ट्रीक मोटरले सँगसँगै पावर जेनेरेट गर्नेछ ।

रेनेगेड र कम्पास हाइब्रिडलाई इलेक्ट्रीक मोडमा मात्रै चलाउने हो भनेपनि ५० किलोमिटर माइलेज दिने कम्पनीले दाबी गरेको छ । यसको इलेक्ट्रीक मोडको उच्चगति प्रतिघन्टा १३० किलोमिटर रहेको कम्पनीले जनाएको छ । दुबै प्लग इन हाइब्रिडले ७ सेन्डकमा १०० किलोमिटरको रफ्तार पकड्न सक्नेछ ।
अमेरिकी कम्पनीले आधिकारीक रुपमा सार्वजनिक गरेको यी दुइ इलेक्ट्रीक मोटर यूक्त एसयूभी अन्तर्राष्ट्रिय बजारमा आउने छ ।

