हेल्मेट किन्नेलाई ५० प्रतिशत छुट

काठमाडौं । दशैंमा हेल्मेट किन्नेलाई ५० प्रतिशतसम्म छुट दिने योजना सार्वजनिक भएको छ । मोटरसाइकलको एशोसरिज बिक्रेता हेल्मेटस् नेपालले उक्त योजना सार्वजनिक गरेको हो ।

कम्पनीले दशै तिहार उपहार २.० नामक योजना ल्याएको छ । साथै, ग्राहकले उक्त योजनामा मोटरसाइकलका एशोसरिज, पार्टस, हेल्मेट जस्ता समानको खरिदमा ५० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

यसका साथै हरेक खरिदमा गिफ्ट कुपनमार्फत २० हजारसम्म क्यासव्याक पाउनेछन् । त्यस्तै यो योजनामा सहभागि मध्य ५ जनाले गिभअवेमा २ लाख प्राप्त गर्न सक्नेछन् । कम्पनीले हरेक हप्ता ४५ हजार रकम बराबरको गिभअवे गर्ने भएको हो ।

त्यसैगरि ग्राहकले हरेक खरिदमा १० हजारसम्मको टपअप जित्न सक्नेछन् ।

हेल्मेटस् नेपालले मोटरसाइकलका एशोसरिज, टायर, राइडिङ गियर, पार्टस्, हेल्मेट्स जस्ता सामान बिक्री गर्दै आएको छ । कम्पनीले माइतीघर र चाबहिलमा शोरुम स्थापना गरेको छ ।


Back_to_top