काठमाडौं । महिन्द्रा एण्ड महिन्द्राले आफ्नो सब फोर मिटर अफ रोड एसयूभी थारको भारतमा बिक्री सुरु गरेको छ । कम्पनीले १५ अगस्ट, २००२ मा सार्वजनिक गरेको यो मोडलको मूल्य भने सार्वजनिक भएको थिएन ।
महिन्द्राले थारको सुरुवाती भेरियन्ट एएक्सको मूल्य ९ लाख ८० हजार भारतीय रुपैयाँ (एक्स शोरुम) मूल्य निर्धारण गरेको छ भने, यसको डिजल भेरियन्टको मूल्य भने १० लाख ८५ हजार रुपैयाँ तोकिएको छ ।
थार एलएक्स (ओपिटी) पेट्रोल भेरियन्टको मूल्य ११ लाख ९० हजार र डिजल भेरियन्टको मूल्य १२ लाख २० हजार रुपैयाँ तोकिएको छ ।
त्यसैगरि थार एलएक्स भेरियन्टको मूल्य १२ लाख ४९ हजार र डिजल भेरियन्टको मूल्य भने १२ लाख ९५ हजार भारतीय रुपैयाँ तोकिएको छ ।
सुरुवात देखिनै चर्चामा रहेको महिन्द्राको नयाँ जेनेरेशन थार दुई इन्जिन अप्सनमा उपलब्ध रहने छ । यसमा २.२ लिटर एमहक डिजल र २.० लिटर टर्बो पेट्रोल इन्जिन दिइएको छ । यसमा पहिलो पटक कम्पनीले पेट्रोल इन्जिन दिएको हो ।

यसमा रहेको डिजल इन्जिनले अधिकतम १३० बीएच पावर र ३०० एनएम टर्क प्रदान गर्छ भने पेट्रोल इन्जिनले १५० बीएच पावर र ३२० एनएम टर्क प्रदान गर्छ ।
निकै प्रिमियम फिचर दिइएको नयाँ जेनेरेशन थारमा इन्फोटेन्टमेन्ट सिस्टम, एयरव्याग, एबीएस, इबीडी जस्ता फिचर दिइएको छ । विभिन्न ६ कलर अप्सनमा उपलब्ध थार अहिले निकै चर्चामा रहेको अफ रोड एसयूभी हो ।
नेपालमा पनि तिहारपछि ल्याउन लागिएको नयाँ जेनेरेशन थार प्रति ग्राहकको चासो बढ्दै गएको देखिन्छ ।


