आइएमई मोटर्सको सीइओमा हेमन्त पुरेनिक नियुक्त

काठमाडौं । आइएमई मोटर्स प्रालिको सीइओमा हेमन्त पुरेनिक नियुक्त भएका छन् । यसअघि दिगो ग्रुपमा सीइओ रहेका पुरेनिक आइएमई मोटर्सको सीइओ भएर गएका हुन् ।

अटोमोवाइल क्षेत्रमा २४ वर्षको अनुभव संगालेका पुरेनिकसँग २३ वर्ष टाटा मोटर्स इन्डियामा काम गरेको अनुभव छ भने विद्युतीय सवारी साधन विक्री गर्ने दिगो कम्पनीमा उनले एक वर्ष ६ महिना काम गरेका थिए । उनको नेतृत्वमा आइएमई मोटर्स अन्तर्गत नेपालमा विक्री वितरण हुने सबै ब्राण्डले राम्रो व्यापर गर्ने कम्पनीले विश्वास लिएको जनाएको छ ।

टाटा मोटर्समा कामगर्दा विभिन्न ११ देशमा फरक फरक भूमिका निर्वाह गरेका पुरेनिकले आइएमई मोटर्समा आफुले विगतमा सिकेका कुरालाई पूर्णरुपमा कार्यान्वयन गर्दै अगाडि जाने बताए ।

आइएमई मोटर्सको सबैभन्दा ठूलो व्यवसाय अशोक लेलैण्ड र एसकट्स हो । साथै, मोटरसाइकल र ट्याक्टर व्यवसायमा पनि कम्पनीले काम गर्दै आएको छ ।

‘मेरो अनुभवका आधारमा विक्री, विक्रीपछिको सेवा र नयाँ नयाँ मोडल नेपाल ल्याएर ग्राहकलाई उत्कृष्ट विकल्प प्रदान गर्ने छु’, सीइओ नियुक्त भएसँगै मेरोअटोसँग कुरागर्दै पुरेनिकले भने ।


Back_to_top