सिंगल चार्जमा १२८७ किमि रेञ्ज दिने एप्पलको हाइपर एसयूभी !

काठमाडौं । मोवाइल उत्पादनमा अग्रणी कम्पनी एप्पलले इलेक्ट्रीक कार उत्पादन गर्ने विषय सन् २०१४ देखि नै चर्चामा रहेको छ । अहिले एप्पल कारको विषयमा पाइसर्ट डिजाइन रिसर्च हाउसले नयाँ हाइपर एसयूभीको स्केच तयार गरेर बाहिर ल्याएको हो । उक्त एसयूभी एक पटकको फुलचार्जमा १२८७ किलोमिटर रेञ्ज दिने दाबी गरिएको छ ।

यो एप्पलको आधिकारीक डिजाइन भने होइन । पाइसर्टले बाहिर ल्याएको तस्विरमा दुई मोडलमा एसयूभी देखाइएको छ । जसमा मोडल वान र वान स्पोर्ट रहेको छ । पाइसर्टले एप्पलको पहिलो इलेक्ट्रीक एसयूभी पुरै अटोमोवाइल क्षेत्रमा परिवर्तनकारी दुने दाबी गरेको छ ।

उसले यो एसयूभीको डिजाइन एप्पलले फोनमा प्रयोग गरेको पद्दती र त्यसको गुणस्तरलाई हेरेर तयार गरेको जनाएको छ । रिपोर्टमा उल्लेख भएअनुसार एप्पल वानले १३०० एचपी पावर प्रदान गर्नेछ भने यसको चारवटै चक्कामा छुट्टाछुट्टै मोटर रहने छ ।

२२ इन्चको म्याग्नीसियम क्रोम ह्वील, विभिन्न ४ कलर अप्सन, विभिन्न स्थानमा उड ट्रिम फिनिसिङले एप्पलको एसयूभी उत्कृष्ट हुने दाबी गरिएको छ ।

पाइसर्टको रिपोर्ट अनुसार एप्पल वान स्पोर्ट थप पावरफुल हुनेछ तर, यसको रेञ्ज भने एप्पल वानको तुलनामा कम हुने छ । यसलाई एक पटकको फुल चार्जमा १ हजार ४६ किलोमिटर गुडाउन सकिने छ ।

कार्वन स्पोर्टस् सिट, ४ वटै चक्कामा छुट्टाछुट्टै मोटर, १९६७ एचपी पावर, २४ इन्चको हाई पर्फमेन्स कार्वन रिम, हाइ डाउनफोर्स डिफ्यूजर जस्ता विशेषता रहने छन् ।

यसका अलावा यी दुबै एसयूभीमा सोलार पानारोमिक सनरुफ, म्याक्प्रो इन्सपाएर फ्रन्ट ग्रिल, वाइपरलेस विन्डसिल्ड, वायरलेस चार्जर, लेजर हेडल्याम्पको साथ प्रोजेक्टर, लेवल ५ स्तरको सेल्फ ड्राइभिङ, हाइटेक इन्टेरियर जस्ता फिचर रहने दावी गरिएको छ ।


Back_to_top