काठमाडौं । हिरो मोटोकर्पले भारतीय बजारमा एड्भेन्चर डिजाइन स्कुटरको बुकिङ खुला गरेको छ । कम्पनीले हिरो जुम १६० म्याक्सी स्कुटरको बुकिङ खुला गरेको हो ।
कम्पनीले पहिलो पटक इक्मा अटो शोमा प्रर्दशन गरेको स्कुटर जुम १६० हिरो वर्ल्ड २०२४ मा भारतमा सार्वजनिक गरेको थियो ।
हिरोले अगष्ट अन्तिमदेखि डेलिभरी दिने तयारीका साथ जुम १६० को बुकिङ खुला गरेको हो ।
स्पोर्टी एड्भेन्चर डिजाइन रहेका जुम १६० स्कुटरमा १५६ सीसी, लिक्वीड कुल्ड, सिंगल सिलिण्डर इन्जिन रहेको छ । यस इन्जिनले अधिकतम ८००० आरपीएममा १४.६ ब्रेकहर्स पावर र ६५०० आरपीएममा १४ एनएम टर्क जेनेरेट गर्छ ।
१४१ किलोग्राम तौल रहेको जुम १६० स्कुटर आई ३ एस स्टपस्टार्ट टेक्नोलोजी निर्माण भएको हो । यसमा टेलिस्कोपिक फर्क, ट्वीन सक अब्जर्बार सेटअप र १४ इन्चको अलोय ह्वीलसँगै डुअल पर्पोज ट्युबलेस टायर दिइएको छ ।
यो स्कुटरमा किलेस इग्निसन, फुल्ली डिजिटल ड्यास बोर्ड, रिमोट सिस्टम सीट, स्प्लीट एलईडी हेडलाइट जस्ता फिचर रहेका छन् ।
नेपाली बजारमा हिरो मोटरसाइकल सीजी मोटर्सले बिक्री गर्दै आएको छ । कम्पनीले अहिले नेपाली बजारमा जुम ११० बिक्री गर्दै आएको छ भने, जुम १२५ ल्याउने तयारी गरिरहेको छ । जुम १६० भने अहिले नेपाल आउने सम्भावना देखिँदैन् ।

