भारतको स्थापित टु–ह्वीलर्स कम्पनी हिरो मोटोकर्पले नयाँ उत्पादन ‘हिरो डूएट–१२५’ स्कुटर सार्वजनिक गर्ने भएको छ । मोटरसाइकल सेग्मेन्टमार्फत् बाजार ओगट्न सफल हिरो मोटोकार्पले प्रिमियम स्कुटर ल्याउने तयारी गरेको हो ।
११० सीसी सेग्मेन्टमा बिक्री–वितरण भैरहेको हिरो डूएट १२५ सीसी भर्जनमा सार्वजनिक हुने भएको हो । कम्पनीले स्कुटरको अपग्रेटेड भर्जनबारे अटो एक्स्पो-२०१८ मा आधिकारीक जानकारी दिएको थियो ।
कम्पनीले स्कुटरमा आधुनिक तथा प्रिमियम फिचर्स दिएको छ । क्रोम गार्निसिङ्ग लगाइएको स्कुटर निक्कै आकर्षक, दमदार र प्रिमियम देखिएको छ । यसमा एनालग स्पीडोमिटर, डिस्प्ले, ओडोमिटरको साथै डिजिटल स्क्रीन, फ्यूल लेभल, ट्रीप मोटर तथा सर्भिस ड्यूट इन्डिकेटरजस्ता आधुनिक विशेषता दिइएको छ ।
यसले टीबीएस एनटर्क-१२५, अप्रिलिया एसआर-१२५, सुजुकी वर्गम्यान स्ट्रीट-१२५ र सुजुकी एक्सेस-१२५ सँग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ ।
यसको मूल्य भारतीय बजारमा ५८ हजार भारतीय रुपैयाँ तोकिएको छ । युवापुस्तालाई मध्यनजर गर्दै निर्माण गरिएको हिरो डूएट–१२५ को तौल ११३ किलोग्राम रहेको छ । यसमा १२४.६ सीसी सिङ्गल एयरकुल्ड फोरस्ट्रोक इञ्जिन दिइएको छ । यसले अधिकतम् ८.७ बीएचपी पावरका साथै १०.२ न्यूटन टर्क उत्पादन गर्छ ।
इञ्जिमा भेरियोम्याटिक ड्राइभ सीबीटी अटोमेटिकको विशेषता दिइएको छ भने, हिरोको आईथ्रीएस आईडीएलई स्टार्टअप टेक्नोलोजीको प्रयोग गरिएको छ ।
यसकोे लम्बाई एक हजार आठ सय ३० मिलिमिटर रहेको छ भने, चौडाई एक हजार एक सय ५५ मिलिमिटर रहेको छ । यसमा १२ सय ४५ मिलिमिटरको ह्वीलवेश लगाइएको छ ।
यसको ग्राउन्ड क्लियरेन्स एक सय ५५ मिलिमिटर रहेको कम्पनीले जनाएको छ । स्कुटरको फ्रन्टमा टेलिस्कोपिक फाक्र्स र रियरमा हाइड्रोलिक शक सस्पेन्सन दिइएको छ । स्कुटरको दुबै पाङ्ग्रामा इन्ट्रीग्रेटेड ब्रेकिङ्ग सिस्टमको साथै एक सय ३० मिलिमिटर ड्रम बे्रक लगाइएको छ ।
यसमा एलईडी टेल ल्याम्प्स, एक्सटर्नल फ्यूल फिलिङ्ग कप, अन्डरसिट स्टोरेज कपार्टमेन्ट लाइट र बडी कलर्ड रियर भ्यू मिररजस्ता विशेषता दिइएको छ ।
भारतीय बजारमा सार्वजनिक भएसँगै यसले टीबीएस एनटर्क-१२५, अप्रिलिया एसआर-१२५, सुजुकी वर्गम्यान स्ट्रीट-१२५ र सुजुकी एक्सेस-१२५ सँग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ ।

