यी हुन् चाँडै आउन लागेका ७ देखि १० लाख भारुका कार

भारतमा उत्पादन हुने कारहरु विशेष गरेर मूल्यका हिसावले निकै किफायति हुने गरेका छन् । उनिहले १० लाख भारु भन्दा कम मूल्यका कारलाई बजेट कारको रुपमा लिने गरेका छन् । 

भारतीय बजारमा मारुती सुजुकी, हुन्डाई, महेन्द्रा, टाटालगायतका कार उत्पादकहरुले बजेट कार निर्माणमा जोड दिदै आएका छन् । अबको एक वर्ष भित्रमा बजारमा आउने यी ४ कारहरु । 

मारुती सियाज

पेट्रोलियम हाइब्रिड इञ्जिन, क्रुज कन्ट्रोललगायतका अत्याधुनिक विशेषतासहित परिमार्जित भएको २०१८ मारुती सियाज अर्को महिना सार्वजनिक हुने भएको छ । मारुती सियाजमा एसएचबीएस प्राविधिक विशेषताकासाथै १.५ लिटर पेट्रोल इञ्जिन लगाइएको छ । अहिलेको १.४ लिटरको इञ्जिनले ६ हजार आरपीएममा १०४.७ बीएचपी पावरका र ४ हजार आरपीएममा १८ एनएम टर्क उत्पादन गर्छ । पाँच स्पीड म्यानूअल ट्रान्समिसन तथा वैकल्पिक फोर स्पीड अटोमेटिक इञ्जिन लगाइएको छ । तर, अहिले लञ्चको समयमा ९पीएस पावर तथा २०० एनएम टर्क उत्पादन गर्ने १.३ लिटर डिजेल इञ्जिन भने उपलब्ध हुनेछैन ।

भविष्यमा अपग्रेडट मोडलमा यो विशेषतालाई समेट्ने कम्पनीले जनाएको छ । यसका अतिरिक्त नयाँ सियाजमा नयाँ ग्रिल, अतिरिक्त क्रोम ट्रीटमेन्ट, नयाँ डिजाइन, बम्परकासाथै डी-साइकल फेसलिफ्ट याडोर्नलगायतका विशेषता दिइएको छ । यसको मूल्य ८ लाख १० हजारदेखि ११ लाख ३० हजार भारतीय रुपैयाँसम्म पर्ने अनुमान गरिएको छ ।

मारुती सुजुकी भिटारा ब्रेजा पेट्रोल भ्यारियन्ट

मारुती सुजुकी भिटारा ब्रेजा पेट्रोल भ्यारियन्ट २०१८ को अन्त्यमा सार्वजनिक हुने भएको छ । यसको भारतीय बजारमा ७ लाखदेखि १० लाख रुपैयाँ बजार मूल्य पर्ने अनुमान गरिएको छ ।

कप्याक्ट एसयूबीमा ब्रेजामा १.५ लिटर बुस्टरजेट टर्बोचाज्र्ड इञ्जिन लगाइएको छ । इञ्जिनले १००.५ बीएचपी पिक पावरकासाथै १५० एनएम टर्क उत्पादन गर्छ । यसको इञ्जिनमा ५ स्पीड म्यानूअल गियबक्स लगाइएको छ ।

त्यस्तै, चालू मोडलमा भने फियातको १.३ लिटर डीडीआईएस डिजेल इन्धन लगाइएको छ, यसमा ६ स्पीड म्यानूअल गियरबक्स दिइएको छ । यसले ४००० आरपीएममा ८० बीएचपी पावर उत्पादन गर्छ भने १७५० आरपीएममा २००-एनएम टर्क उत्पादन गर्छ । साथै, इञ्जिनले प्रतिलिटर २४.२० किलोमिमटर माइलेज दिने कम्पनीले जनाएको छ ।

२०१८ फक्सवागेन पोलो

जर्मन जायन्ट कम्पनी फक्सवागेनले निर्माण गरेको बहु-प्रतिक्षित मोडल २०१८ फक्सवागेन पोलो यो वर्षको अन्त्यमा सार्वजनिक गर्ने भएको छ । हुन्डाई इलाइट आई-२०, मारुती सुजुकी बलेनोलगायतका मोडलसँग प्रतिस्पर्धा उत्रले अनुमान गरिएको २०१८ फक्सवागेन पोलोको मूल्य आठदेखि १० लाख भारतीय रुपैयाँ पर्नेछ ।

यसमा १.५ लिटर टीएसआई पेट्रोल इञ्जिन, १.० लिटर पेट्रोल युनिट र १.६ लिटर टीडीआई डीडीआई डिजेल इञ्जिन लगाइएको छ । यसमा अन्य कारमा समावेश गरिएकाजस्तै आधुनिक सुविधा दिइएको छ ।

फियात आर्गो

फियात आर्गो २०१० को मध्यतिर सार्र्वजनिक गर्ने कम्पनीले जनाएको छ । भारतीय बजारमा यसको मूल्य ६ लाखदेखि ९पाँच लाख० हजार निर्धारण हुने अनुमान गरिएको छ ।

यसमा १.० लिटर थ्री-सिलिन्डर इञ्जिन र १.३ लिटर फोर सिलिन्डर फ्लेक्स फ्यूल इञ्जिनको प्रयोग गरिएको छ । यसले, ११० बीएचपी पावरका उत्पादन गर्छ भने १.८ लिटर इञ्जिनले १४० बीएचपी पावर उत्पादन गर्छ ।

म्यानूअल ट्रान्समिसन अप्सनअन्र्तगत यसमा ६ स्पीड म्यानूअल तथा पाँच स्पीड अटोमेटिम गियरबक्स दिइएको छ । स्र्पोटी तथा आकर्षक लूकमा डिजाइन गरिएको फियात आर्गोले राम्रो बजार पकड्ने कम्पनीको दाबी छ ।


Back_to_top