सल्लाघारीमा लोमान्थाङ झल्काउने ट्रयाक, आजसम्म एक्सपेरियन्स गर्न पाइने

काठमाडौं । हिरो मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी एनजीएम हिरोले एक्सचेन्ज मेला संचालन गरिरहेको छ । कम्पनीले भक्तपुरको सल्लाघारीमा आयोजना गरेको यो मेला आज सोमबारसम्म चल्नेछ ।

हिरोले आयोजना गरेको यो एक्सचेन्ज मेला मात्र नभएर कम्पनीको लागि एक माइलस्टोन नै भएको हिरो मोटोकर्पका कन्ट्रीहेड हर्पित सिंहले बताए ।

पछिल्लो ५ वर्षमा नेपालमा दुईपाङ्ग्रे सेग्मेन्टमा यत्ति ठूलो इभेन्ट कुनै पनि कम्पनीले गरेको छैन । हिरोले आयोजना गरेको यो कार्यक्रम एक्सचेन्ज मेला मात्र नभएर एउटा एक्जीवीसनमा आधारित रहेको छ ।

हिरोले एकै पटक तीन नयाँ मोटरसाइकल र स्कुटर सार्वजनिक गरेको छ । यसको साथै, फाइनान्स स्कीम र लोमान्थाङको एक्सपेरियन्स गर्न सकिने ट्रेल निर्माण गरेर एकै स्थानमा मोटरसाइकलका पारखीका लागि एकै स्थानमा विविध कार्यक्रम संचालन गरेको छ ।

एक्स–ट्रेल अफ लोमान्थाङ

हिरो मेगा एक्सचेन्जको अर्को आकर्षण भनेको ‘एक्स–ट्रेल अफ लोमान्थाङ’ हो । कम्पनीले आयोजना गरेको यो कार्यक्रममा एउटा ट्रेल बनाएको छ । त्यसमा सहभागीले एक्सपल्स २०० फोर भी चलाउन सक्नेछन् । त्यो ट्रेललाई पोखरादेखि लोमान्थाङसम्मको विभिन्न बाटोको अवस्था र स्थानको झल्काउने गरी निर्माण गरेको छ ।

कम्पनीले यो ट्रेल निर्माणका लागि भारतबाट प्रोफेशनल ट्रेल निर्माताहरु ल्याएर निर्माण गरेको हो । यो ट्रेलमा, वृज, जम्प, उकालो, ओरालो, कर्नर, बम्पी रोड जसै प्रकारको सढकको अनुभव गर्न सकिन्छ ।

तीन नयाँ मोडल

हिरोले दुई नयाँ मोडलका मोटरसाइकल र एक स्कुटर आइतबार सार्वजनिक गरेको थियो । कम्पनीले यी तीन वटै मोडललाई मेलामा आकर्षणको रुपमा प्रस्तुत गरेको छ ।

एक्सपल्स २०० फोर भी र ग्लामर एक्सटेक मोटरसाइकल तथा मजेष्ट्रो स्कुटर सार्वजनिक गरेको हो । यी तीन वटै मोडल बीएस ६ इन्जिन र स्मार्ट कनेक्ट फिचरको साथ आएको छ । यी तीन वटै मोडलको टेष्ट ड्राइभ एक्सचन्ज मेलामा उपलब्ध रहेको छ ।

मेगा एक्सचेन्ज मेला

कम्पनीले आयोजना गरेको मेगा अफरमा ग्राहकले पुराना मोटरसाइकल दिएर हिरोको कुनैपनि नयाँ मोटरसाइकल तथा स्कुटर खरिद गर्न सक्नेछन् । कम्पनीले ग्राहकको पुरानो मोटरसाइकलको उत्कृष्ट मूल्याङकन दिनुका साथै १० हजार थप मूल्याङकन दिने जनाएको छ । यो स्कीममा ग्राहकले नयाँ मोडलका मोटरसाइकल तथा स्कुटरसमेत खरिद गर्न सक्नेछन् ।

शुन्य डाउन पेमेन्ट

यही कार्यक्रममा हिरोले डाउन पेमेन्ट नगरिकन मोटरसाइकल खरिद गर्न सकिने स्कीम ल्याएको छ । यो योजनामा अन्तर्गत डाउनपेमेन्ट गर्न एकमुष्ट पैसा नभएका ग्राहकले लाभ लिन सक्नेछन् । कम्पनीले शून्य डाउन पेमेन्टमा एक्सपल्स २०० फोर भी समेत खरिद गर्न सक्ने अफर दिएको छ ।

र्याली किट

कम्पनीले एक्सपल्स फोर भी भर्सनसँगै र्याली किटसमेत सार्वजनिक गरेको छ । एक्सपल्स २०० ग्राहकहरुको आकर्षण र्याली किट हुन सक्छ । र्याली किटको प्रगोग गरेर एक्सपल्सलाई पुर्णरुपमा डर्टबाइकमा परिर्वतन गर्न सकिन्छ । हाल सार्वजनिक गरिएको यो र्याली किट केही सयम पश्चात् विक्रीमा ल्याउने कम्पनीले जनाएको छ ।


Back_to_top