९ प्रतिशत ब्याजदरमै हिरोको जुनसुकै मोटरसाइकल पाइने

काठमाडौं । हिरो मोटरसाइकलको नयाँ फाइनान्स स्कीम सार्वजनिक भएको छ । हिरो मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता एनजीएम हिरोले नयाँ फाइनान्स स्कीम ल्याएको हो ।

कम्पनीले ९ प्रतिशत ब्याजमा हिरोको मोटरसाइकल तथा स्कुटर खरिद गर्न सकिने स्कीम ल्याएको हो ।

ग्राहकले हिरो ब्राण्डका कुनै पनि मोटरसाइकल तथा स्कुटर खरिद गर्दा १३ प्रतिशत ब्याज तिर्नुपर्ने हुन्छ । यसरी फाइनान्समा मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले कम्पनीले तोकेको समयमा किस्ता तिरेमा ४ प्रतिशत ब्याज छुट प्राप्त गर्नेछन् ।

ग्राहकले ४० प्रतिशत डाउनपेमेन्ट गरेर मोटरसाइकल खरिद गर्दा यो स्कीममा सहभागी हुन सक्नेछन् । यो स्कीम हिरोको कान्तिपथ, बालाजु, बालकुमारी, कुमारीपाटी मित्रपार्क लगायत आधिकारिक शोरुममा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यो योजना केही समयका लागि मात्र उपलब्ध हुनेछ । हिरोले नेपाली बजारमा चार मोडलका स्कुटर तथा १० मोडलका मोटरसाइकल विक्री गर्दै आएको छ ।


Back_to_top