काठमाडौं । होन्डासँग औपचारिक रुपमा छुट्टीएको १० वर्षमा हिरो मोटोकर्पले उल्लेखनिय प्रगति गरेको छ । एकल यात्राको एक दशक पुरा गरेको उपलक्ष्यमा हिरो मोटोकर्पले विश्वको सवैभन्दा ठूलो ब्रान्ड लोगो निर्माण गरेर गिनीस वर्ल्ड रेकर्ड राख्न सफल भएको हो ।
हिरोले आफ्नो मोटरसाइकल तथा स्कुटर उत्पादन प्लान्टमा संसरकै ठूलो लोगो निर्माण गरेर विश्व रेकर्ड बनाएको हो ।
१ हजार फिट लम्बाई ८ सय फिट चौडाई क्षेत्रमा हिरोले आफ्नो सवैभन्दा धेरै विकेको मोटरसाईकल स्प्लेन्डर प्लसको १ हजार ८४५ युनिट प्रयोग गरेर यो लोगो निर्माण गरेको हो ।
यसै वर्ष हिरोको विश्वव्यापी विक्री १ करोड यूनिट समेत पुरा भएको थियो । यही अगस्ट ९ मा हिरोले आफ्नो ब्राण्ड लोगो लन्डनको ओटू एरिनामा प्रदर्शन गरेको थियो ।
यसका अलावा हिरोले आफ्नो १० वर्ष पुगेको उपलक्ष्यमा अन्य थूप्रै आश्चर्य जनक कार्यक्रमहरु समेत ल्याउने घोषणा गरेको छ ।
नेपाली बजारमा पनि हिरोको सुपर स्प्लेन्डर, एक्सपल्स, एक्स्ट्रीम १६० आर, हङ्क, ग्लामर, एचीभर जस्ता मोटरसाइकल र माइस्ट्रो, डेस्टीनी, प्लेजर, डुएट जस्ता स्कुटरहरु विक्री गर्दै आएको छ ।

