चढ्ने हो नयाँ करिज्मा मोटरसाइकल ? निकै पावरफुल इन्जिनमा आउने

काठमाडौं । आजभन्दा २० वर्ष अगाडि हिरो-होन्डा कम्पनीले भारतमा उत्पादन गरेको करिज्मा मोटरसाइकल नेपालमा चढ्ने मानिसको सान नै भिन्न हुन्थ्यो । त्यतिवेला बलिउडका सबैभन्दा चर्चित नायक रितीक रोशनले ब्राण्ड एम्बेस्डर भएर यसको प्रचार प्रसार गरेका थिए ।

चलचित्र ‘कहो न प्यार हे’बाट बलिउडमा इन्ट्री मारेका रितीक रोशनले चलाएर युवा क्रेज बटुलेको करिज्मा होन्डाको रेसिङ बाइक सीबीएफ–६०० बाट प्रेरित मोडल थियो ।

दुई दशक अघि भारतमा बनेको पहिलो रेसिङ बाइक करिज्मामा इन्जिन पनि २२३ सीसीको एचओएचसी एयरकुल्ड थियो । त्यति वेला समान्य पावरका मोटरसाइकल बन्ने भारतमा करिज्मा २० हर्सपावर र १९.७ न्यूटन मिटर टर्कको साथमा १४० किलोमिटर प्रतिघण्टाको गतिमा दौडाउन सक्ने मेसिन थियो ।

सुरक्षाको लागि अगाडि र पछाडि दुबै चक्कामा डिस ब्रेक रहेको करिज्मा सन् २००३ मा पहिलोपटक सार्वजनिक भएको हो । त्यसपछि सन् २००६ मा यसको फेसलिफ्ट मोडल आएको थियो । सन् २००९ मा आएर नयाँ अवतार र एफआई इन्जिनसहित करिज्मा जेडएमआर लन्च भएको थियो । हिरो र होन्डाले सहकार्य तोड्दा करिज्मा मोडल हिरो मोटोकर्पको भागमा परेको थियो ।

सन् २०१९ पछि कमजोर बिक्रीको कारण यसको उत्पादन पूर्ण रुपमा बन्द भएको थियो । अब भने हिरो प्रिमियम सेग्मेन्टमा थप मिहिनेत गरिरहेको समयमा ‘करिज्मा एक्सएमआर २१०’ नामबाट नयाँ मोडल ल्याउने तयारी गरिरहेको छ ।

हिरोले ‘करिज्मा एक्सएमआर २१०’ नामको ट्रेडमार्क दर्ता गराएको छ । नयाँ करिज्मामा २१० सीसीको इन्जिन रहने पक्का भएको छ । उक्त सिङ्गल सिलिण्डर लिक्वीड कुल्ड इन्जिनले २५ हर्सपावर तथा ३० न्यूटन मिटरको टर्क जेनेरेट गर्नेछ । स्लीपर क्लच सहितको ६ स्पिड गियरबक्समा यो मोटरसाइकल आउने छ ।

केहि समय अघि मात्र नयाँ करिज्माको स्पाई तस्बीरहरु लिक भएको छ । धेरै हदसम्म ओरिजीनल करिज्माबाट इन्फुलेन्स भएको नयाँ करिज्मामा डिप स्प्लीट राइडर सिट, मस्कुलर फिउल ट्याङ्क, अगाडि पट्टी ट्रास्परेन्ट एङ्गुलर विण्ड स्कृन रहेको छ ।

यसमा डलब एलइडी हेडलाइट, पातलो एलइडी टर्न सिग्नल लाइट, व्लुटुथ कनेक्टेड फुल्ली डिजिटल क्लस्टर, डिउलटोन फ्रन्ट फेन्डर र केही उचालिएको टेलसेक्सन देख्न सकिन्छ ।

नयाँ करिज्माको हिट सिल्डसहितको साइड माउण्टेड एक्जस्ट सिस्टम, स्प्लीट ग्राव रेल, एलइडी टेलल्याम्प र ड्यूल व्ल्याक फिनिसिङ सहितको १७ इन्चको अलोय ह्वील पाउन सकिनेछ । यसमा ड्यूल च्यानल एबीएस सिस्टम र दुबै चक्कामा डिस्क ब्रेक रहनेछ ।


Back_to_top