सिजीले ल्याउने भयो ६१० किमि रेन्ज दिने नयाँ एसयूभी

काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सिजी मोटर्सले होजोन मोटर्सको नयाँ एसयूभी ‘नेटा यू-प्रो’ नेपाल ल्याउने भएको छ । कम्पनीले नेटा यू-प्रो नेपाल ल्याउन अनुमति पाइसकेको जनाएको छ ।

सिजी मोटर्सका अनुसार आवस्यक तयारी पुरा गरेर सन् २०२३ को अन्तिम वा २०२४ को सुरुवातमै नेपाली बजारमा नेटा यू-प्रो बिक्री सुरु हुनेछ ।

‘नेटा यू-प्रो नेपाल आउने पक्का भएसँगै हामीले यसलाई आफ्नो वेबसाइटमा लिस्टिङ गरेका छौं’, सिजी मोटर्स स्रोतले मेरोअटोसँग भन्यो ।

नेटा यू-प्रो चिनियाँ इलेक्ट्रीक सवारी उत्पादन गर्ने स्टार्टअप कम्पनी होजोन मोटर्सले उत्पादन गरेको एक कम्प्याक्ट एसयूभी मोडल हो । यसको लम्बाई ४५३० एमएम, चौडाई १८६० एमएम र उचाई १६२८ एमएम रहेको छ । यसमा २७७० एमएमको ह्वीलबेस पाउन सकिन्छ ।

फिचर लोडेड नेटा यू-प्रोमा इलेक्ट्रीक टेलगेट, पानारोमिक सनरुफ, हिटेड सिट, बिल्ट इन ड्राइभर रेकर्डर जस्ता फिचर दिएको छ ।

सुरक्षाका लागि अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, लेन किपिङ एसिस्ट, ब्लाइन्ड स्पट मनिटरिङ, फरवार्ड कोलाजिन वार्नीङ, हाई स्पीड क्रुज असिस्ट, ट्राफिक साइन रिकग्निसन लगायतका अत्याधुनिक फिचर्स उपलब्ध छन् ।

चिनियाँ बजारमा सफलताको साथ बिक्री हुाँदै आएको यसमा फुल्ली अटोमेटिक पार्किङ असिस्टेन्स, ट्राफिक जाम असिस्ट, एआइ भ्वाइस कन्ट्रोल लगायतका सुविधा पाउन सकिन्छ ।

एनइडिसीका अनुसार यो ईभीले एकपटकको फुल चार्जमा ६१० किलोमिटर रेन्ज प्रदान गर्छ । यसमा निकै ठूलो ८१ किलोवाट आवरको ब्याट्री पाउन सकिन्छ ।


Back_to_top