प्रतिस्पर्धी विहिन टाटा नेक्सन ईभी, यस्तो छ सबै ब्राण्डको आयात तथ्यांक

काठमाडौं । अंग्रेजी आर्थिक वर्ष अप्रिल १, २०२२ देखि मार्च ३१, २०२३ सम्म विभिन्न ब्राण्डका २ हजार ७२६ यूनिट विद्युतीय कार नेपाल आएका छन् । यस अवधिमा करिब एक दर्जन ब्राण्डले ईभी नेपाल ल्याएको भएपनि आयात तथ्यांक अनुसार टाटा नेक्सनको प्रतिस्पर्धी नै छैन भन्दा हुन्छ ।

एक वर्षको अवधिमा टाटा नेक्सन १ हजार ७०३ यूनिट आयात हुँदा दोस्रो स्थानमा रहेको हुन्डाई कोनाको आयात २५९ यूनिट रहेको छ । यी दुई बीचको अन्तर निकै ठूलो रहेको भन्सार तथ्यांकले देखाउँछ ।

एक वर्षको अवधिमा आयात भएका ईभीको सूचीमा तेस्रो स्थान होजोन मोटर्सको नेटा भीले लिएको छ । एक वर्षको अवधिमा १९२ यूनिट नेटा भी आयात भएको देखिन्छ । सूचीको चौथो स्थानमा टाटाको टिगोर रहेको छ । टाटा टिगोर १८९ यूनिट आयात हुँदा पाँचौ स्थान बीवाइडी इ६ ले लिएको देखिन्छ । एक वर्षको अवधिमा बीवाइडी इ–सिक्स १७० यूनिट आयात भएको देखिन्छ ।

त्यसैगरी, बीवाइडी एटो थ्री (१५० किलोवाट) ४० यूनिट, आयोनीक ५ को आयात ३८ यूनिट,  हेनरी ३० र टेस्ला २१ यूनिट आयात भएको भन्सार विभागको तथ्यांकमा देखिन्छ । त्यस अवधिमा बीवाइडी एमथ्री भ्यान १८ यूनिट र एमजीले लङ रेन्ज जेडएस ९ यूनिट आयात गरेको देखिन्छ ।

यी बाहेक अन्य विभिन्न ब्राण्डले ५७ यूनिट विद्युतीय कार नेपाल ल्याएका थिए ।


Back_to_top